ताप्लेजुङका सबै वडासम्म सडकको पहुँच पुग्यो



ताप्लेजुङ । निर्माणाधीन तमोर कोरिडोर सडकको ट्रयाकले ओलाङ्चुङगोला बस्तीलाई जोडेसँगै ताप्लेजुङका सबै वडासम्म सडकको पहुँच पुगेको छ।चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको ओलाङ्चुङगोलासम्म भर्खरै तमोर कोरिडोरको ट्रयाक पुगेसँगै जिल्लाका सबै वडामा सडकको पहुँच पुगेको हो ।

जिल्लाकै दुर्गम तथा हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङगोला बस्तीसम्म एक साता अघि मात्र सडकको ट्रयाक पुगेको छ।एक नगरपालिका र आठ गाउँपालिकासमेत नौ वटा स्थानीय तह रहेको जिल्लामा ६१ वटा वडा रहेका छन्।ओलाङ्चुङगोलामा सडक पुगेपछि जिल्लाका ६१ वटै वडालाई सडक सञ्चालले जोडेको हो।

तीन हजार २०० मिटरको उचाईमा रहेको ओलाङ्चुङगोला बस्तीसम्म सडक पुगेपछि जिल्लाका सबै वडालाई सडक सञ्जालले जोडेको छ।ओलाङ्चुङगोलासम्म ट्रयाक पुगेसँगै छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बतसमेत सडक सञ्जालमा जोडिएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताउनुभयो।उहाँकाअनुसार निर्माणाधीन तमोर कोरिडोर सडकले तिब्बत–नेपाल सिमाना टिपताला भञ्ज्याङलाई जोडेको छ ।

टिपताला भञ्ज्याङदेखि ओलाङ्चुङगोला बस्तीसम्म पहिले नै अर्थात तीनरचार वर्ष अघि नै सडक निर्माण गरिएको थियो।ओलाङ्चुङगोलाका बासिन्दा आफैँले रकम सङ्कलन गरेर र तिब्बतदेखि नै एक्साभेटरसहितका निर्माण उपकरण ल्याएर टिपताला–गोला खण्डको करिब २१ किलोमिटर सडकको ट्रयाक निर्माण गरिएको छ।नेपाल तर्फबाट भने विकट भू(बनावट लगायतका कारणले गर्दा ओलाङ्चुङगोलासम्म ट्रयाक पुर्‍याउनलाई लामो समय लागेको हो।

यता ट्रयाक निर्माण भएपछि ओलाङ्चुङगोलासम्म यातायातका साधन पुग्न थालेको वडाध्यक्ष छेतेन लामा शेर्पाले बताउनुभयो।बर्खा मौसममा भने यातायातका साधन नचल्ने वडाध्यक्ष शेर्पाको भनाइ छ।तमोर नदीमा कम्तीमा तीन वटासम्म मोटर गुड्ने पुल निर्माण भएमा मात्र बर्खामा पनि यातायात सञ्चालनमा आउने छ।यस्तै ओलाङ्चुङगोलादेखि टिपतालातर्फ निर्माण भएको सडक मर्मत सम्भारसहित स्तरोन्नति गरिएमा मात्र यातायातका साधन सञ्चालन गर्न सकिने पनि वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

यसैगरी एकवर्ष अघि मात्र सडक पुगेको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेसहित अन्य केही वडामा पनि बर्खा सिजनमा यातायात सञ्चालन नहुने स्थिति रहेको छ।सबै वडामा सडक सञ्जाल पुगे पनि कच्ची ट्रयाक भएको र धेरै ठाउँमा मोटरेवल पुलको आवश्यक रहेकाले बर्खामा यातायात सञ्चालन नहुने अवस्था छ।मोटर गुड्ने पुल निर्माण भइसकेका क्षेत्र वा वडाहरुमा भने हिउँद बर्खा नै यातायात सञ्चालन हुँदै आएका छन्।gorkhapatraonline.com

प्रकाशित मिति : ९ बैशाख २०८१, आईतवार ००:५३

विभिन्न कार्यक्रमका साथ श्री साङक देछ्योलिङ गोन्पा बिद्यालयले मनायो वार्षिक उत्सव

ताप्लेजुङ । श्री साङक देछ्योलिङ गोन्पा बिद्यालयले वार्षिक उत्सवको अवसरमा

साङक देछ्योलिङको ११ औँ वार्षिकोत्सवः फुटबल अन्तरगत सेमिफाईन चरणका खेल पुरा

रेडियो काबेलीताप्लेजुङ । फुङलिङ नगरपालिकाको सुकेटारमा अवस्थित श्री साङक देछ्योलिङ

साङक देछ्योलिङको ११ ओैं वार्षिकोत्सव : हाजिरी जवाफमा भानुजन मावि प्रथम

रेडियो काबेलीताप्लेजुङ । फुङलिङ नगरपालिकाको सुकेटारमा अवस्थित श्री साङक देछ्योलिङ

फुङ्फुङ्गे झरना पर्यटन महोत्वसब सुरु, पालिकाद्धारा २ दिन विदा

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिकामा शुक्रबारबाट फुङफुङ्गे झरना पर्यटन

कालिका माविमा प्रयोगात्मक शिक्षा अन्तरगत विभिन्न सिपमुलक कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका वडा नं. १