ताप्लेजुङको फुङ्लिङमा आगलागी हुँदा २४ लाख बढीको क्षति



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रबार बिहानै एक घरमा आगलागी भएको छ । फुङ्लिङ नगरपालिका–६ गुम्बाडाँडा, गैरीगाउँ टोलका स्थानीय गणेश गुरुङको घरमा आगलागी हुँदा २४ लाख रुपियाँ बढीको क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार बिहान करिब ८ बजेतिर गुरुङको घरमा आगलागी भएको हो । आगलागीबाट ढुङ्गा, माटो, काठ र जस्तापाताले बनेको तीनतले घर पूर्णरुपमा नस्ट हुँदा २४ लाख ३१ हजार २५० रुपियाँ बराबरको क्षति भएको लुङगेलीले जानकारी दिनुभयो ।

आगलागीले घरमा भएको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा, सुनचाँदीका गरगहानासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केही पशुपन्छीसमेत जलेर मरेका छन् । घरमा लागेको आगो नियन्त्रणका लागि फुङ्लिङ नगरपालिकाको बारुणयन्त्र ९दमकल० प्रयोग गरिएको थियो भने नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका थिए । यस्तै, घरमा विद्युत सर्ट भएर घरमा आगलागी भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार ११:५५

फुङलिङ नगरपालिका ६ मा भाषणकला तालिम सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ६ मा बैशाख

बिशाल सेजुवाल बने पाथीभरा याङवरकको चैत्र महिनाको उत्कृष्ट कर्मचारी

रेडियो काबेलीताप्लेजुङ । बिशाल सेजुवाल पाथीभरा याङवरक गाउँपालिकाको चैत्र महिनाको

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविरमा पहिलो पटक साइक्लिङ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो र नेपालको दोस्रो

कञ्चनजङ्घा बेस क्याम्पमा साइक्लिङ (फोटो फिचर)

ताप्लेजुङ । कञ्चनजङ्घा आधार शिविर (बेस क्याम्प) क्षेत्रमा पहिलो पटक

ताप्लेजुङको सिरीजङ्घामा भएको चौँरी प्रतियोगितामा राजेश गुरुङको ‘मिक्टा’ प्रथम

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकामा भएको चौँरी प्रतियोगितामा राजेश