ताप्लेजुङको फुङ्लिङमा आगलागी हुँदा २४ लाख बढीको क्षति



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रबार बिहानै एक घरमा आगलागी भएको छ । फुङ्लिङ नगरपालिका–६ गुम्बाडाँडा, गैरीगाउँ टोलका स्थानीय गणेश गुरुङको घरमा आगलागी हुँदा २४ लाख रुपियाँ बढीको क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार बिहान करिब ८ बजेतिर गुरुङको घरमा आगलागी भएको हो । आगलागीबाट ढुङ्गा, माटो, काठ र जस्तापाताले बनेको तीनतले घर पूर्णरुपमा नस्ट हुँदा २४ लाख ३१ हजार २५० रुपियाँ बराबरको क्षति भएको लुङगेलीले जानकारी दिनुभयो ।

आगलागीले घरमा भएको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा, सुनचाँदीका गरगहानासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केही पशुपन्छीसमेत जलेर मरेका छन् । घरमा लागेको आगो नियन्त्रणका लागि फुङ्लिङ नगरपालिकाको बारुणयन्त्र ९दमकल० प्रयोग गरिएको थियो भने नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका थिए । यस्तै, घरमा विद्युत सर्ट भएर घरमा आगलागी भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : 11:55 am

दोभान बजारमा निःशुल्क आँखा स्वास्थ्य शिविर : ५९ जनाको शल्यक्रिया 

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको दोभान बजारमा सञ्चालन गरिएको

मैवाखोला गाउँपालिकाको एकीकृत घुम्ती सेवा शिविर : दोस्रो दिन ८३८ ले लिए सेवा

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु

 मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

ताप्लेजुङ, वैशाख २२  गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री