सार्वजनिक बिदाको दिनमा पनि जिल्ला प्रशासन ताप्लेजुङले सेवा प्रवाह गर्ने



ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदाका दिनमा समेत तीन क्षेत्रका सेवाहरु प्रवाह गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदाका दिनमा पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्वन्धी सेवा प्रवाह हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार रामनवमीको दिन बैशाख ५ गते,उभौंली पर्व–चण्डी पूर्णिमा (बैशाख पूर्णिमा), बुद्धजयन्तीको दिन जेठ १० गते,गणतन्त्र दिवको दिन जेठ १५ गते र रक्षावन्धनको दिन भदौ ३ गते पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्वन्धी सेवा प्रवाह हुने छ ।

यस्तै श्रीकृष्ण जन्माष्टमीको दिन भदौ १० गते, घटस्थापना असोज १७ गते,किराँत समुदायको उभौंली पर्व–योमरी पुन्हि–ज्यापु दिवसका दिन मंसिर ३० गते, क्रिसमस डे पुस १० गते र तमू ल्होसार पुस १५ गतेका दिन समेत उल्लेखित तीन क्षेत्रका सेवा प्रवाह हुने सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पुस २७ गते, माघी पर्व–माघे संक्रान्ति पर्व माघ १ गते, शहीद दिवस माघ १६ गते, सोनाम ल्होसार माघ १७ गते, राष्ट्रि प्रजातन्त्र दिवस फागुन ७ गते, महाशिवरात्री फागुन १४ गते, ग्याल्पो ल्होसार फागुन १६ गते, अन्तराष्ट्रिय श्रमिक महिला दिवस फागुन २४ गते र इस्लाम धर्मावलम्वीहरुको पर्व९इद उल फित्र०बकर इद (इद उल अजहा) का दिन समेत जिल्ला प्रशासन कार्यालयबाट नागरिकता,राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्वन्धी सेवा प्रवाह हुने भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार ०७:२५

साढे तीन महिनापछि सुकेटार विमानस्थलमा शनिबारबाट उडान हुँदै

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान

मेरिङ्देन सडक खण्डमा बन्द गरिएको मालबाहक सवारी साधन सञ्चालनमा आयो

ताप्लेजुङ। गत चैत ६ गते देखि मेरिङ्देन सडक खण्डमा बन्द

आठराई त्रिवेणी गाउँपालिकाले दियो ज्येष्ठ नागरिकलाई दन्त उपहार

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले ५९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क

मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको

प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा हाङबाङ 

ताप्लेजुङ । प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा प्रजिन हाङबाङ