१४औँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : ३ हजार मिटर दौडमा ताप्लेजुङका लिम्बू प्रथम



ताप्लेजुङ । १४औँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ३ हजार मिटर दौडमा ताप्लेजुङका छात्र प्रथम भएका छन् । 

एथ्लेटिक्स अन्तर्गत ३ हजार मिटरको दौडमा ताप्लेजुङका अरुण राज लिम्बू प्रथम भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश माबोले जानकारी दिनुभयो । लिम्बू पाथीभरा याङवरक गाउँपालिकाबाट जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट हुँदै प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट भएका थिए । 

अध्यक्षका माबोका अनुसार ३ हजार मिटर दौडमै छात्रातर्फ ताप्लेजुङ दोश्रो भएको छ । ताप्लेजुङकी विजेता डोल्मा शेर्पा प्रदेशमा द्वितीय भएका हुन् । उनी मैवाखोला गाउँपालिकाबाट प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोटमा परेकी थिइन् । 

यस्तै कबड्डीतर्फ पनि छात्राको समुह ताप्लेजुङ दोश्रो भएका छन् ।

प्रकाशित मिति : 1:12 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा