१४औँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : ३ हजार मिटर दौडमा ताप्लेजुङका लिम्बू प्रथम



ताप्लेजुङ । १४औँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ३ हजार मिटर दौडमा ताप्लेजुङका छात्र प्रथम भएका छन् । 

एथ्लेटिक्स अन्तर्गत ३ हजार मिटरको दौडमा ताप्लेजुङका अरुण राज लिम्बू प्रथम भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश माबोले जानकारी दिनुभयो । लिम्बू पाथीभरा याङवरक गाउँपालिकाबाट जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट हुँदै प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट भएका थिए । 

अध्यक्षका माबोका अनुसार ३ हजार मिटर दौडमै छात्रातर्फ ताप्लेजुङ दोश्रो भएको छ । ताप्लेजुङकी विजेता डोल्मा शेर्पा प्रदेशमा द्वितीय भएका हुन् । उनी मैवाखोला गाउँपालिकाबाट प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोटमा परेकी थिइन् । 

यस्तै कबड्डीतर्फ पनि छात्राको समुह ताप्लेजुङ दोश्रो भएका छन् ।

प्रकाशित मिति : 1:12 pm

दोस्रो साङधुङगे माङ्गेना कप : उपाधिका लागि आज हाङपाङ र खाम्लुङ भिड्दै

ताप्लेजुङ, मंसिर १८ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

सेसेलुङ महिला गोल्डकप : फाइनलका लागि मेरिङदेन र पाथीभरा याङवरक भिड्दै 

ताप्लेजुङ, मंसिर १८ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला