नयाँ वर्षको पहिलो दिन साढे ८ हजार भक्तजन पाथीभरा पुगे



ताप्लेजुङ । आज नयाँ वर्षको दिन चालु आर्थिक वर्षकै सबैभन्दा बढीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज २०८१ सालको पहिलो दिन नै ८ हजार ५ सय २१ जना भक्तजन पाथीभरा पुगेका हुन् ।

पाथीभरा दर्शनका लागि सिजन सुरु भएसँगै तीर्थयात्रीको संख्या बढ्दो क्रममा रहेको छ । गत शनिबार मात्रै ८ हजार १ सय ४ जना पाथीभरा आएको समितिको तथ्याङ्कमा उल्लेख छ । समितिले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पछिल्ला ९ महिनामा १ लाख ६८ हजार ४ सय ६८ जना पाथीभरा आएका छन् ।  

भक्तालुजनको चाप बढेपछि माथिल्लो फेदी, काफ्लेपाटी, सुकेटार, फुङलिङ बजारका सँगै मेची राजमार्ग आसपासका होटलहरु समेत भरिभराउ भएका छन् । गत आर्थिक वर्षमा मात्र २ लाख १० हजार बढी तीर्थयात्री पाथीभरा आएका थिए भने ३ करोड १९ बेसी भेटी रकम संकलन भएको थियो । 

प्रकाशित मिति : 1:01 pm

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण