पाथीभरामा संकलन गरि गणना गरिएको चैत्र महिनाको भेटी रकम सार्वजनिक 



ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले चैत्र महिनामा गणना गरिएका भेटी रकम सार्वजनिक गरेको छ । समितिले हरेक महिना गणना गरिएको भेटी प्रत्येक महिनाको मसान्तको दिन सार्वजनिक गर्ने निर्णय र प्रतिबद्धता अनुसार नै भेटी रकम सार्वजनिक गरेको हो । 

चैत्र महिना अवधि भरीमा ७५ लाख बढी भेटी गणना गरी बिभिन्न बैँकमा जम्मा गरिएको विवरण सार्वजनिक गरिएको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँका अनुसार ७५ लाख ७ हजार १ सय ५० रुपैयाँ भेटी विभिन्न मितिमा गणना गरी बैँकमा जम्मा गरिएको हो । 

३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले  संकलन  तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ । समितिको कार्यकारी निर्देशकमा हाङबाङ नियुक्त भएसँगै हरेक महिना भेटीको विवरण सार्वजनिक गर्ने कार्यले निरन्तरता पाएको हो ।

यस्तै लिलामीका लागि राखिएको सुन तथा चाँदीमा कसैका पनि आवेदन नपरेको समितिले जनाएका छ । आवेदन नपरेपछि पुन लिलामीका लागि दोश्रो पटक सूचना जारी गर्ने तयारी भइरहेको समेत निर्देशक हाङबाङको भनाई छ । 

मन्दिरमा संकलन भएको सुन तथा चाँदीलाई रिफाइन गरी बजारभाउ अनुसार लिलामी गरी प्राप्त नगदबाट पाथीभराको विकासका निम्ति खर्च गर्ने समितिको निर्णय अनुसार नै लिलामीको प्रक्रिया अगाडि बढाइएको थियो । १ सय ७२ तोला ८२ लाल सुन र ५ हजार तोला बढी चाँदी लिलामीमा राखिएको थियो ।

प्रकाशित मिति : 12:46 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा