ओलाङचुङगोलामा पहिलोपटक गाडी पुग्यो



रेडियो काबेली

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा पहिलोपटक गाडी पुगेको छ । सडकको ट्रयाक छिचोलिएसँगै गएको मंगलवार पहिलोपटक सदरमुकाम फुङलिङबाट केही जिप र ट्याक्सीहरू पुगेका हुन् । गाडी पुगेको दुई दिनपछि बिहिबार एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, एमाले सचिव तथा सांसद योगेश भट्टराईसहितका नेता ओलाङचुङगोला पुग्नुभएको थियो ।

केही वर्षअघि नै चीनसँगको सिमाना टिप्ताला भञ्ज्याङसम्म स्थानीयबासिन्दाको पहलमा सडक बनेको थियो ।सदरमुकामतर्फबाट भने भर्खरै मात्र सडकको ट्रयाक छिचोलिएको हो । ओलाङचुङगोलाबाट चीनको तिब्बत स्वशासित क्षेत्र जोड्ने टिप्ताला भञ्ज्याङ २४ किलोमिटर मात्र उत्तरमा छ । कोभिडपछि भने नेपाल र चीनको नाका बन्द रहेको छ। ३२ सय मिटरको उचाइमा रहेको ओलाङचुङगोलामा जम्मा ५६ वटा घर छन् नाका बन्द भएपछि यहाँका स्थानीयले सास्ती व्योहोर्दै आएका छन् तर गाडी पुगेपछि भने स्थानीयलाई सदरमुकाम आवतजावत गर्न र आवश्यक सामाग्री लैजान सहज भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ५ : ५२ बजे

आठराई त्रिवेणीमा सम्पन्न भयो ७ दिने उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम 

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा गत जेठ २७

ताप्लेजुङको मामांखे र याम्फुदिनमा बाढी पहिरोका कारण सयौँ परिवार प्रभावित, लाखौँको क्षती

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नंं. ६ मामाङ्खे

ताप्लेजुङको विभिन्न ठाउँमा पहिरो : दर्जनौं परिवार विस्थापित

ताप्लेजुङ । ताप्लेजुङको विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौ परिवार विस्थापित

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजार बढी भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५०

पहिरोले मिक्वाखोलाको पापुङका तीन परिवार विस्थापित

रेडियो काबेलीताप्लेजुङ । शनिबार बिहान गएको पहिरोले मिक्वाखोला गाउँपालिका–५ पापुङको