मेरिङदेनमा लागू औषध दुर्व्यसनलाई पूर्ण रूपले अन्त्य गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिने



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा लागू औषध दुर्व्यसनलाई पूर्ण रूपले अन्त्य गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि गाउँपालिकाको मातहतमा रहेका प्रत्येक विद्यालयहरूमा हुनसक्ने लागू औषध दुर्व्यसनलाई अन्त्य गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो ।

आज मेरिङदेन गाउँ कार्यपालिकाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि सामाजिक संस्था र स्थानीय आमाहरूलाई परिचालन गरी विद्यालय र प्रहरी माझ सम्पर्क स्थापित गरिने निर्णय भएको मेरिङ्देन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभएको छ । 

अहिले लागू औषधको कुलतमा धेरै विद्यार्थीहरू नै फसेको हुनाले यो अभियान गाउँपालिकाका सबै विद्यालयहरूमा लागू भई गाउँपालिकामा लागू औषध दुर्व्यसन पूर्ण रूपले अन्त्य हुने विश्वास लिएको गाउँपालिका अध्यक्ष युक हाङ वीर हाङ्गाम डम्बरले बताउनुभयो । 

प्रकाशित मिति : 2:05 pm

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण