फुङलिङ नगरपालिकाको आयोजनामा तीनदिने नेतृत्व विकास सम्बन्धी अनुशिक्षण फावाखोलामा सुरु



ताप्लेजुङ । नेतृत्व तथा क्षमता विकास, कानुनी साक्षरता र आयआर्जन साथै महिला प्रजनन् स्वास्थ्य सम्बन्धी फुङलिङ नगरपालिकाले नगरका सबै वडामा सञ्चालन गरेको तीन दिवसीय अभिमुखीकरण बुधवार वडा नं. ११ फावाखोलामा सुरु भएको छ । 

चालू आर्थिक वर्षका लागि यस्तो अभिमुखीकरण कार्यक्रममा फावाखोलामै अन्त्य हुने फुङलिङ नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सीता गुरुङले बताउनुभयो । पहिलो दिन बुधवार नेतृत्व तथा क्षमता विकास र भाषण तथा उद्घोषणकला सम्बन्धी अभिमुखीकरण सञ्चालन भएको सहजकर्ता तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

फुङलिङ नगरपालिकाका अनुसार बिहीबार कानुनी साक्षरता र शुक्रवार आयआर्जन तथा महिला प्रजनन् स्वास्थ्यका विषयमा सहभागीलाई प्रशिक्षित गरिने छ । तालिमको उद्घाटन गर्दै फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलाका वडाध्यक्ष युवराज भट्टराई ९योगेश०ले नेतृत्व क्षमतामा परिपक्वता नआएसम्म मानिसको हर वृत्तिविकासमा समस्या सृजना हुने भएकोले अनुशिक्षण लाभदायक हुने विश्वास लिनुभयो । 

कार्यक्रममा फुङलिङ नगर कार्यपालिका सदस्य विनिता राई, वडा सदस्य कविता बिक, फुङलिङ नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मञ्जु गुरुङ, फुङलिङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खवास, फावाखोलाका वडा सचिव दिलेन्द्र कार्की सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १२:३५

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु

काठमाडौं । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित