१४औं प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाई 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । १४औं प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाई गरिएको छ । आज जिल्ला समन्वय समितिको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी १०८ जना खेलाडीहरूलाई बिदाई गरिएको हो । 

गत फागुनमा आठराई त्रिवेणी गाउँपालिका फुलबारीको महभिर खेलमैदानमा सम्पन्न भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट हुन सफल भएका खेलाडीहरूलाई बिदाई गरिएको खेलकुद विकास समिति अध्यक्ष गणेश माबोले बताउनुभयो । 

बिदाई भएका खेलाडीहरूले चैत्र ३० गतेदेखि २०८१ साल बैशाख २ गते सम्म इटहरी रङ्गशालामा सञ्चालन हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउँने छन् । 

उक्त प्रतियोगितामा भलिबल, कवड्डी, एथलेटिक्स, सितोरीयो कराँते, तेक्वान्दौ र उसु खेलको विधाहरु रहेको अध्यक्ष माबोले बताउनुभयो । यस प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले राष्ट्र स्तरको प्रतियोगितामा सहभागी हुन पाउने अध्यक्षको भनाई छ । 

 बिदाई कार्यक्रममा प्रदेश सांसद तथा पूर्व मन्त्री तिलकुमार मेन्याङबो, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिका प्रमूख अमिर मादेन र आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन)ले खेलाडीहरूलाई जितको शुभकामना दिएका छन् । 

कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश माबोको अध्यक्षतामा सम्पन्न भएको हो । 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १२:२७

मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोडले बढ्यो

ताप्लेजुङ  । मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोड रुपियाँले

एक वर्षमा दुई लाख १७ हजार बढी भक्तजनले गरे पाथीभराको दर्शन

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको

एक वर्षमा पाथीभरा मन्दीरमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको

ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आव्हान

ताप्लेजुङ । तेस्रो अन्तराष्ट्रिय आमन्त्रित ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न

ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको उत्तर दक्षीण लोकमार्ग सञ्चालनमा आयो

ताप्लेजुङ । ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको