५ दिने ताप्लेजुङ पर्यटन महोत्सव २०८१ आयोजना हुने 



ताप्लेजुङ । ताप्लेजुङमा ५ दिने ताप्लेजुङ पर्यटन महोत्सव २०८१ आयोजना हुने भएको छ । आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म ताप्लेजुङ पर्यटन महोत्सव मनाउने तयारी सुरु गरिएको हो । 

जिल्ला समन्वय समितिमा बसेको जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाको प्रमुखहरूको बैठकले पर्यटन महोत्सव मनाउने निर्णय गरेको छ । बैठकले महोत्सव साबिकको भीमकाली गुल्म अर्थात हालको दुर्गादल गुल्मको प्राङ्गणमा आयोजना गर्ने प्रस्ताव गरेको छ । 

गुल्मको प्राङगणमा महोत्सवको आयोजन गर्ने गरी स्थान प्रस्ताव गरी गुल्मपतिलाई पत्र पठाइएको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले बताउनुभयो । उहाँका अनुसार बैठकले महोत्सवमा पर्यटकीय स्थलको अवलोकन, खाद्य महोत्सव तथा होमस्टे प्रवद्र्धन र मेयर कप भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । 

यस्तै पाथीभरा खुल्ला म्याराथन प्रतियोगिता, लोक झाँकी तथा सांस्कृतिक कार्यक्रम, डोको क्यारी रन, डोको बुन्ने र टपरी बुन्ने सहितको तेश्रो औद्योगिक कृषि मेला समेत ताप्लेजुङ पर्यटन महोत्सवकै समयमा आयोजना गर्ने बैठकबाट निर्णय भएको प्रमुख लामाको भनाई छ ।   

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार ११:५०

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट