५ दिने ताप्लेजुङ पर्यटन महोत्सव २०८१ आयोजना हुने 



ताप्लेजुङ । ताप्लेजुङमा ५ दिने ताप्लेजुङ पर्यटन महोत्सव २०८१ आयोजना हुने भएको छ । आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म ताप्लेजुङ पर्यटन महोत्सव मनाउने तयारी सुरु गरिएको हो । 

जिल्ला समन्वय समितिमा बसेको जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाको प्रमुखहरूको बैठकले पर्यटन महोत्सव मनाउने निर्णय गरेको छ । बैठकले महोत्सव साबिकको भीमकाली गुल्म अर्थात हालको दुर्गादल गुल्मको प्राङ्गणमा आयोजना गर्ने प्रस्ताव गरेको छ । 

गुल्मको प्राङगणमा महोत्सवको आयोजन गर्ने गरी स्थान प्रस्ताव गरी गुल्मपतिलाई पत्र पठाइएको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले बताउनुभयो । उहाँका अनुसार बैठकले महोत्सवमा पर्यटकीय स्थलको अवलोकन, खाद्य महोत्सव तथा होमस्टे प्रवद्र्धन र मेयर कप भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । 

यस्तै पाथीभरा खुल्ला म्याराथन प्रतियोगिता, लोक झाँकी तथा सांस्कृतिक कार्यक्रम, डोको क्यारी रन, डोको बुन्ने र टपरी बुन्ने सहितको तेश्रो औद्योगिक कृषि मेला समेत ताप्लेजुङ पर्यटन महोत्सवकै समयमा आयोजना गर्ने बैठकबाट निर्णय भएको प्रमुख लामाको भनाई छ ।   

प्रकाशित मिति : 11:50 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन