घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङद्धारा कफि खेती सम्बन्धी तालिम सम्पन्न




रेडियो काबेली

ताप्लेजुङ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले पाथीभरा याङवरक गाउँपालिका ४ डुम्रिसेमा कफि खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ । २२ गतेबाट सुरु गरेको कफि खेती विकास सम्बन्धि सिप विकास तालिम मंगलबार सम्पन्न भएको हो । पाथीभरा याङवरक गाउँपालिकाको आर्थिक सहयोगमा डुम्रिसेलाई कफि पकेट क्षेत्र बनाउन लगानी गरेकोले उक्त क्षेत्रका कृषकलाई सहजता पुगोस भन्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले जानकारी दिनुयभो ।

तालिममा डुम्रिसेका २० जना कृषकको सहभागीता रहेको थियो भने तालिमको सहजिकरण विवेक सिटौलाले गर्नुभएको थियो । तालिममा कफिको बेर्ना राख्ने, रोप्ने, हुर्काउने र आग्र्यानिक रुपमा मल एव्म रोग किराको औषधी बनाउने कुरा प्रयोगात्मक रुपमा प्रशिक्षण दिईएको प्रशिक्षक सिटौलाले बताउनुभयो ।

स्थानीय सरोज लिम्बुले आफुले यसअघि कफि खेती गर्नको लागि धेरै विरुवा रोपेको भएपनि सफल नभएकोले तालिमले धेरै ज्ञान प्राप्त भएको र तत्कालै ३ सय रोपनी क्षेत्रफलमा कफि खेती गर्ने तयारी रहेको बताउनुभयो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार ०९:५६

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको