घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङद्धारा कफि खेती सम्बन्धी तालिम सम्पन्न




रेडियो काबेली

ताप्लेजुङ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले पाथीभरा याङवरक गाउँपालिका ४ डुम्रिसेमा कफि खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ । २२ गतेबाट सुरु गरेको कफि खेती विकास सम्बन्धि सिप विकास तालिम मंगलबार सम्पन्न भएको हो । पाथीभरा याङवरक गाउँपालिकाको आर्थिक सहयोगमा डुम्रिसेलाई कफि पकेट क्षेत्र बनाउन लगानी गरेकोले उक्त क्षेत्रका कृषकलाई सहजता पुगोस भन्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले जानकारी दिनुयभो ।

तालिममा डुम्रिसेका २० जना कृषकको सहभागीता रहेको थियो भने तालिमको सहजिकरण विवेक सिटौलाले गर्नुभएको थियो । तालिममा कफिको बेर्ना राख्ने, रोप्ने, हुर्काउने र आग्र्यानिक रुपमा मल एव्म रोग किराको औषधी बनाउने कुरा प्रयोगात्मक रुपमा प्रशिक्षण दिईएको प्रशिक्षक सिटौलाले बताउनुभयो ।

स्थानीय सरोज लिम्बुले आफुले यसअघि कफि खेती गर्नको लागि धेरै विरुवा रोपेको भएपनि सफल नभएकोले तालिमले धेरै ज्ञान प्राप्त भएको र तत्कालै ३ सय रोपनी क्षेत्रफलमा कफि खेती गर्ने तयारी रहेको बताउनुभयो ।

प्रकाशित मिति : 9:56 am

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण