ताप्लेजुङको फुरुम्बुमा आजबाट ३ दिने नेतृत्व तथा क्षमता विकास सम्बन्धी तालिम सुरु



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. १० फुरुम्बुमा आजबाट तीनदिने नेतृत्व तथा क्षमता विकास सम्बन्धी सुरु भएको छ। पहिलो दिन आज नेतृत्व तथा क्षमता विकासका  लागि उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम सुरु गरिएको छ।    

तालिमको सहजीकरण पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले सहजीकरण गर्नु भएको छ। यसअघि तालिमको उद्घाटन गर्दै फुङलिङ नगरपालिका वडा नं.१० का वडाध्यक्ष सन्तोष लिम्बूले क्षमता तथा नेतृत्व विकासका लागि तालिम लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो । 

उद्घाटन सत्रमा फुनपा वडा नं. १० का वडा सदस्य प्रेम लिम्बू र पम्पा दमाईँ, वडा सचिव सचिन रेग्मी सहितको उपस्थिति थियो । तालिम संयोजक तथा फुङलिङ नगरपालिका महिला तथा बालकालिका शाखाका प्रमुख सीता गुरुङका अनुसार भोलि कानुनी साक्षरता तथा पर्सि आयआर्जन र प्रजनन् स्वास्थ्य सम्बन्धी अनुशिक्षण हुने छ । 

फुङलिङ नगरपालिकाले नगरक्षेत्रका ११ वटै वडामा यस्तो अभिमुखीकरण सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति : 1:41 pm

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण