ताप्लेजुङको फुरुम्बुमा आजबाट ३ दिने नेतृत्व तथा क्षमता विकास सम्बन्धी तालिम सुरु



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. १० फुरुम्बुमा आजबाट तीनदिने नेतृत्व तथा क्षमता विकास सम्बन्धी सुरु भएको छ। पहिलो दिन आज नेतृत्व तथा क्षमता विकासका  लागि उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम सुरु गरिएको छ।    

तालिमको सहजीकरण पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले सहजीकरण गर्नु भएको छ। यसअघि तालिमको उद्घाटन गर्दै फुङलिङ नगरपालिका वडा नं.१० का वडाध्यक्ष सन्तोष लिम्बूले क्षमता तथा नेतृत्व विकासका लागि तालिम लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो । 

उद्घाटन सत्रमा फुनपा वडा नं. १० का वडा सदस्य प्रेम लिम्बू र पम्पा दमाईँ, वडा सचिव सचिन रेग्मी सहितको उपस्थिति थियो । तालिम संयोजक तथा फुङलिङ नगरपालिका महिला तथा बालकालिका शाखाका प्रमुख सीता गुरुङका अनुसार भोलि कानुनी साक्षरता तथा पर्सि आयआर्जन र प्रजनन् स्वास्थ्य सम्बन्धी अनुशिक्षण हुने छ । 

फुङलिङ नगरपालिकाले नगरक्षेत्रका ११ वटै वडामा यस्तो अभिमुखीकरण सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति : 1:41 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य