चौथो मेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधि वसन्त र प्रेमको जोडीले जिते



ताप्लेजुङ । चौथो मेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधि वसन्त र प्रेमको जोडीले जितेका छन् । सिनियर डबल्स तर्फ आन्द्रेश आङबोहाङ र भुपे फेम्सोहाङको जोडीलाई   २१-९, २१-११ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । 

उनीहरूले २५  हजार नगद हात पारे भने आन्द्रेश र भुपेशको जोडिले २० हजारमा चित्त बुझाउनु पर्यो ।  भेट्रान्स तर्फ वसन्त कुमार गुरुङ र मानबहादुर  लिम्बूको जोडीले काजिमान गुरुङ र सरोज लिम्बू को जोडीलाई पराजित गर्दै उपाधि जिते ।  

जुनियर तर्फ केशव पौडेल र शिव काम्बाङको जोडीले दक्ष लिम्बू र वसन्त तामाङको जोडीलाई २-१ को खेलमा पराजित गरे । मिक्स डबल्स तर्फ भावनादेवी केदेम र आन्द्रेश लिम्बूको टिमले सरुना गुरुङ र प्रेम माबोको टिमलाई सोझो सेटमा पराजित गरे । 

कर्मचारी तर्फ गजेन्द्र थलङ र विकास तामाङको जोडिले २-१ को अन्तरमा विकास थेवे र पविन्द्र लिम्बूको जोडीलाई पराजित गर्दै  उपाधि जिते । फुङलिङ नगरपालिका को सहयोगमा सञ्चालित प्रतियोगिता मा सुमन घतानी उत्कृष्ट र सुरज मादेन अनुशासित खेलाडीको रुपमा पुरस्कृत भए । 

आइतबार सम्पन्न प्रतियोगिता विहीबार सुरु भएको हो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार १३:०६

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको