चौथो मेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधि वसन्त र प्रेमको जोडीले जिते



ताप्लेजुङ । चौथो मेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधि वसन्त र प्रेमको जोडीले जितेका छन् । सिनियर डबल्स तर्फ आन्द्रेश आङबोहाङ र भुपे फेम्सोहाङको जोडीलाई   २१-९, २१-११ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । 

उनीहरूले २५  हजार नगद हात पारे भने आन्द्रेश र भुपेशको जोडिले २० हजारमा चित्त बुझाउनु पर्यो ।  भेट्रान्स तर्फ वसन्त कुमार गुरुङ र मानबहादुर  लिम्बूको जोडीले काजिमान गुरुङ र सरोज लिम्बू को जोडीलाई पराजित गर्दै उपाधि जिते ।  

जुनियर तर्फ केशव पौडेल र शिव काम्बाङको जोडीले दक्ष लिम्बू र वसन्त तामाङको जोडीलाई २-१ को खेलमा पराजित गरे । मिक्स डबल्स तर्फ भावनादेवी केदेम र आन्द्रेश लिम्बूको टिमले सरुना गुरुङ र प्रेम माबोको टिमलाई सोझो सेटमा पराजित गरे । 

कर्मचारी तर्फ गजेन्द्र थलङ र विकास तामाङको जोडिले २-१ को अन्तरमा विकास थेवे र पविन्द्र लिम्बूको जोडीलाई पराजित गर्दै  उपाधि जिते । फुङलिङ नगरपालिका को सहयोगमा सञ्चालित प्रतियोगिता मा सुमन घतानी उत्कृष्ट र सुरज मादेन अनुशासित खेलाडीको रुपमा पुरस्कृत भए । 

आइतबार सम्पन्न प्रतियोगिता विहीबार सुरु भएको हो ।

प्रकाशित मिति : 1:06 pm

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप