पाथीभरामा केबलकार निर्माण गर्नु पर्ने माग सहित जनप्रर्दशन





ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्ने विषयमा विवाद भईरहेको बेला शनिबार केबलकार बनाउनु पर्छ भन्ने कुरालाई दबाब दिन स्थानीय नागरिकले जनप्रर्दशन गरेका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङमा पदम चेन्जी मावोको संयोजकत्व र प्रकाश मादेन सहसंयोजक रहेको ५ सय एक सदस्यीय पाथीभरा केवलकार निर्माण सहयोग समिती गठन गर्दे जनप्रदर्शन गरिएको हो ।


¥यालीमा सैयौंको संख्यामा जिल्लाबासीको सहभागिता रहेको थियो । ‘वृहत्त नागरिक सद्भाव ¥याली’ लेखिएको व्यानर सहितको उक्त ¥यालीमा नौमति बाजा र च्याब्रुङ सहित बिभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रर्दशन गरिएको थियो ।‘समृद्धि बन्ने हो हाम्रो आफ्नै कर्मले, विकास नगर भन्दैन कुनै आस्था र धर्मले’ ‘नगरौं गलतप्रचार, यातायातको प्रविधियुक्त साधनहो केवलकार’, ‘केवलकार ताप्लेजुङको सान, बन्ने छ अर्थतन्त्र चलायमान’ जस्ता लेखिएका प्लेकार्ड बोकेका स्थानीयले केबलकार बने जिल्लाले विकासमा फड्को मार्ने प्रतिक्रिया दिए । ‘खुसीहुनेछन् भावी सन्तती, केवलकारले विनास गर्दैन प्रकृति’ र ‘ताप्लेजुङको समृद्धिको आधार, पाथीभरा(मुकुम्लुङ)मा केवलकार’ जस्ता नारा पनि सहभागीले प्लेकार्डमा अटाएका थिए । उक्त ¥याली अघि जिल्लाका युवाहरूले सदरमुकाममा नै मोटरसाईकल ¥याली समेत निकालेका थिए ।


¥याली पछि आयोजित कोणसभामा संविधान सभा सदस्यभुपेन्द्र थेबे,फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्षदावा शेर्पाले जिल्लाको विकास, समृद्धि र पहिचानका लागि पाथीभरा क्षेत्रमा केवलकार बन्नुपर्ने कुरामा जोड दिएकाथिए । पाथीभरा (मुकुम्लुङ) केबलकार निर्माण कम्पनीले सबै कानुनी पक्रिया पुरा गरि निर्माण सुरु गर्न लाग्दाआफ्नो मुन्धुमी स्थलमा केबलकार निर्माण गर्न नहुने भन्दै केवलकार खारेजी संघर्ष समिति, मुक्कुमलुङ संघर्ष समिति लगायतको विरोध गर्दै आएका छन् ।

अहिलेपनि प्रत्येक दिन जसो सदरमुकाम फुङलिङ र केवलकार निर्माणस्थलमा कोण सभा गरेर बिरोध जनाइरहेका छन् ।
यसअघि बेसक्याम्प स्थापनाका लागि सशस्त्र प्रहरीको टोली काफ्लेपाटी पठाइएको थियो । केवलकार खारेजी संघर्ष समिति, मुक्कुमलुङ संघर्ष समिति लगायतको अवरोधका कारण प्रहरी टोली सदरमुकाम फुङलिङ फर्किएको छ । काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केवलकार निर्माणका लागि सरकारले अनुमति दिएपनि केबलकार बनाउन नहुने भन्दै केवलकार खारेजी संघर्ष समिति, मुक्कुमलुङ संघर्ष समिति लगायतले भने विरोध गर्दै आएका छन्।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार १४:०१

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता