नियमिततर्फको एसईई सकियो, विद्यार्थीलाई मन्त्रालयले (करियर काउन्सिलिङ) गर्ने




काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमिततर्फको परीक्षा सकिएको छ । चैत १५ गतेदेखि सञ्चालन भएको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार प्राविधिकतर्फको परीक्षा र नयाँ पाठ्यक्रमबाट हटाएको तर पुरानो पाठ्यक्रममा रहेको एक विषयको स्तरवृद्धि परीक्षा भने अझै बाँकी छ ।

२७ गतेदेखि एसइईका सबै परीक्षा सकिन्छ । अहिलेसम्मको परीक्षा देशभर शान्तिपूर्ण रुपमा भएको पनि बोर्डले जनाएको छ । बोर्डका अनुसार देशभरबाट करिब सय जना विद्यार्थी, छ जना केन्द्राध्यक्ष र १६ जना निरीक्षकलाई कारबाही गरी निष्काशन गरिएको छ ।

यसैबीच एसईई दिएर बसेका विद्यार्थीलाई शिक्षा मन्त्रालयले ‘करियर काउन्सिलिङ’ गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा ‘करियर काउन्सिलिङ कोचिङ’ दिने तयारी भएको बताउनुभएको हो ।

हिजो मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले कक्षा ११ र १२ मा कस्तो विषय पढ्ने भन्नेबारे विद्यार्थीलाई परामर्श दिन करिअर काउन्सिलिङ कार्यक्रम गर्ने बताउनुभएको हो । यस्तो कार्यक्रम कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि सञ्चालन गरिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार ०५:५१

मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोडले बढ्यो

ताप्लेजुङ  । मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोड रुपियाँले

एक वर्षमा दुई लाख १७ हजार बढी भक्तजनले गरे पाथीभराको दर्शन

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको

एक वर्षमा पाथीभरा मन्दीरमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको

ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आव्हान

ताप्लेजुङ । तेस्रो अन्तराष्ट्रिय आमन्त्रित ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न

ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको उत्तर दक्षीण लोकमार्ग सञ्चालनमा आयो

ताप्लेजुङ । ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको