फालेलुङमा ७औँँ चौँरी महोत्सव हुँदै, ६ सय बढी चौँरी र याकको प्रदर्शन हुने



पाँचथर । पाँचथरको फालेलुङ ४ चाररातेमा ७ औँँ अन्तराष्ट्रिय चौँरी महोत्सव आयोजना हुने भएको छ । फालेलुङ गाउँपालिकाको अगुवाइमा सातौं संस्करणको चौँरी महोत्सव आयोजना हुन लागेको हो ।

फालेलुङमा २०७४ सालदेखि प्रत्येक वर्षको वैशाख १ गते चौँरी महोत्सव आयोजना हुँदै आएको छ । चैत ३० देखि वैशाख २ गतेसम्म महोत्सव आयोजना गरिने शुक्रबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

यो वर्ष आयोजना हुन लागेको महोत्सवलाई ‘सातौं फालेलुङ चौँरी पर्यटन महोत्सव’ भनिएको छ । फालेलुलुङ गाउँ पालिकाको प्रवर्द्धनमा चौरी पर्यटन महोत्सवको आयोजना फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था र दीप ज्योती युवा क्लब सहितका सङ्घ संस्थाले आयोजना गर्न लागेका हुन् ।

हिमालको पर्यायका रूपमा स्थापित चौरी गाई र तिनका प्रजातिको संरक्षणसँगै चौरीजन्य उत्पादनहरूको प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताउनुभयो ।

महोत्सवमा छ सयभन्दा धेरै चौँरी र याकको प्रदर्शनी गरिनेछ । योसँगै याक राइडिङ, हर्स राइडिङ जस्ता गतिविधि साथै याक चौरीमा आधारित विभिन्न्न खेल तथा सांस्कृतिक कार्यक्रम एवम् साहसिक फुटबल प्रतियोगिता महोत्सवमा राखिएको दीपज्योति युवा क्लबका कार्यकारी अधिकृत सुनिल बान्तावाले बताउनुभयो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार १२:४७

मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोडले बढ्यो

ताप्लेजुङ  । मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोड रुपियाँले

एक वर्षमा दुई लाख १७ हजार बढी भक्तजनले गरे पाथीभराको दर्शन

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको

एक वर्षमा पाथीभरा मन्दीरमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको

ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आव्हान

ताप्लेजुङ । तेस्रो अन्तराष्ट्रिय आमन्त्रित ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न

ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको उत्तर दक्षीण लोकमार्ग सञ्चालनमा आयो

ताप्लेजुङ । ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको