ताप्लेजुङमा सञ्चालित आँखा शिविरमा ५७ जनाको शल्यक्रिया



एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालित दुई दिने निशुल्क आँखा शिविरमा ५७ जनाकोे आँखाको शल्यक्रिया गरिएको छ । शिविरमा मंगलबार हिजो ४५ जनाको र बुधबार आज ३ जनाको मोतिया विन्दुको र ९ जनाको आँखाको सामान्य शल्यक्रिया गरिएको डिचेन डोङ्गाला स्मारका आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारीले दिनुभयो । उहाँका अनुसार शिविरमा ६३७ जनाको आँखाको परिक्षण गरिएको छ ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको आयोजनामा मेची आँखा अस्पताल बिर्तामोड झापा र मातृका आई केयर काठमाडौंको प्राविधिक सहयोगमा आँखाको लेजर सर्जरी विशेषज्ञ रिफ्रेक्टिभ सर्जन डा.किशोरराज प्रधानको प्रत्यक्ष संलग्नता शिविर सञ्चालन भएको हो । आँखा परीक्षणको क्रममा ४० वर्ष भन्दा माथि उमेर समुहको सेवाग्राहीलाई पढ्ने चश्मा र औषधी निशुल्क वितरण गरिएको छ । एक महिना अघि मात्र नेत्रज्योति सङ्घ ताप्लेजुङले फुङ्लिङमै तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोग र सोही अस्पतालका निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको संलग्नतामा तीन दिने आँखा शिविर सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : 1:20 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०