ताप्लेजुङमा सञ्चालित आँखा शिविरमा ५७ जनाको शल्यक्रिया



एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालित दुई दिने निशुल्क आँखा शिविरमा ५७ जनाकोे आँखाको शल्यक्रिया गरिएको छ । शिविरमा मंगलबार हिजो ४५ जनाको र बुधबार आज ३ जनाको मोतिया विन्दुको र ९ जनाको आँखाको सामान्य शल्यक्रिया गरिएको डिचेन डोङ्गाला स्मारका आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारीले दिनुभयो । उहाँका अनुसार शिविरमा ६३७ जनाको आँखाको परिक्षण गरिएको छ ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको आयोजनामा मेची आँखा अस्पताल बिर्तामोड झापा र मातृका आई केयर काठमाडौंको प्राविधिक सहयोगमा आँखाको लेजर सर्जरी विशेषज्ञ रिफ्रेक्टिभ सर्जन डा.किशोरराज प्रधानको प्रत्यक्ष संलग्नता शिविर सञ्चालन भएको हो । आँखा परीक्षणको क्रममा ४० वर्ष भन्दा माथि उमेर समुहको सेवाग्राहीलाई पढ्ने चश्मा र औषधी निशुल्क वितरण गरिएको छ । एक महिना अघि मात्र नेत्रज्योति सङ्घ ताप्लेजुङले फुङ्लिङमै तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोग र सोही अस्पतालका निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको संलग्नतामा तीन दिने आँखा शिविर सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : 1:20 pm

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२

फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित

ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५

फुङलिङको बजेट ७९ करोड १२ लाख

ताप्लेजुङ, असार १० गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक

सिरिजङ्घाको बजेट ६० करोड ४२ लाख

ताप्लेजुङ, असार १० गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आर्थिक वर्ष