निशुल्क आँखा शिविर आजपनि हुँदै



रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङमा मंगलबारबाट सुरु भएको दुई दिने निशुल्क आँखा शिविर आजपनि जारी रहने भएको छ । डिचेन डोङ्गाला स्मारका आँखा उपचार केन्द्रमा मंगलबारबाट सुरु भएको दुईदिने निशुल्क आँखा शिविर आजपनि सञ्चालन हुने भएको हो । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको आयोजनामा मेची आँखा अस्पताल बिर्तामोड झापा र मातृका आई केयर काठमाडौंको प्राविधिक सहयोगमा आँखाको लेजर सर्जरी गर्ने नेपालका कम मध्ये एक अब्बल विशेषज्ञ रिफ्रेक्टिभ सर्जन डा.किशोरराज प्रधानको प्रत्यक्ष संलग्नता शिविर सञ्चालन भईरहेको छ ।

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङका अनुसार शिविरमा मोति विन्दुको शल्यक्रिया गरिनुका साथै आँखाका बिरामीको सम्पूर्णको जाँच तथा उपचार हुनेछ । आँखा परीक्षणको क्रममा ४० वर्ष भन्दा माथि उमेर समुहको सेवाग्राहीलाई पढ्ने चश्मा र औषधी निशुल्क वितरण गरिएको छ । शिविरमा नाम दर्ता बापत ६० रुपैयाँ लाग्ने र शल्यक्रिया गरेका बिरामीले खाने बस्ने व्यवस्था आफै गर्नु पर्ने पनि इन्चार्ज गुरुङले जानकारी दिनुभएको छ ।

मंगलबार हिजोको शिविरमा ४५ जनाको मोतिया विन्दुको शल्यक्रिया थियो भने शिविरमा १८३ पुरुष र १९० जना महिला गरि कुला ३७३ जनाले आँखा परिक्षण सेवा लिएको इन्चार्ज गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार ०४:२५

साढे तीन महिनापछि सुकेटार विमानस्थलमा शनिबारबाट उडान हुँदै

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान

मेरिङ्देन सडक खण्डमा बन्द गरिएको मालबाहक सवारी साधन सञ्चालनमा आयो

ताप्लेजुङ। गत चैत ६ गते देखि मेरिङ्देन सडक खण्डमा बन्द

आठराई त्रिवेणी गाउँपालिकाले दियो ज्येष्ठ नागरिकलाई दन्त उपहार

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले ५९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क

मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको

प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा हाङबाङ 

ताप्लेजुङ । प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा प्रजिन हाङबाङ