निशुल्क आँखा शिविर आजपनि हुँदै



रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङमा मंगलबारबाट सुरु भएको दुई दिने निशुल्क आँखा शिविर आजपनि जारी रहने भएको छ । डिचेन डोङ्गाला स्मारका आँखा उपचार केन्द्रमा मंगलबारबाट सुरु भएको दुईदिने निशुल्क आँखा शिविर आजपनि सञ्चालन हुने भएको हो । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको आयोजनामा मेची आँखा अस्पताल बिर्तामोड झापा र मातृका आई केयर काठमाडौंको प्राविधिक सहयोगमा आँखाको लेजर सर्जरी गर्ने नेपालका कम मध्ये एक अब्बल विशेषज्ञ रिफ्रेक्टिभ सर्जन डा.किशोरराज प्रधानको प्रत्यक्ष संलग्नता शिविर सञ्चालन भईरहेको छ ।

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङका अनुसार शिविरमा मोति विन्दुको शल्यक्रिया गरिनुका साथै आँखाका बिरामीको सम्पूर्णको जाँच तथा उपचार हुनेछ । आँखा परीक्षणको क्रममा ४० वर्ष भन्दा माथि उमेर समुहको सेवाग्राहीलाई पढ्ने चश्मा र औषधी निशुल्क वितरण गरिएको छ । शिविरमा नाम दर्ता बापत ६० रुपैयाँ लाग्ने र शल्यक्रिया गरेका बिरामीले खाने बस्ने व्यवस्था आफै गर्नु पर्ने पनि इन्चार्ज गुरुङले जानकारी दिनुभएको छ ।

मंगलबार हिजोको शिविरमा ४५ जनाको मोतिया विन्दुको शल्यक्रिया थियो भने शिविरमा १८३ पुरुष र १९० जना महिला गरि कुला ३७३ जनाले आँखा परिक्षण सेवा लिएको इन्चार्ज गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : 4:25 am

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आजबाट निःशुल्क शिविर

ताप्लेजुङ, वैशाख २४ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरा याङवरकको प्रतिभा प्रस्फुटन कार्यक्रममा टेकेन्द्र खरेल बने प्रथम

ताप्लेजुङ वैशाख २४ गते । पाथीभरा याङवरक गाउँपालिकामा भएको प्रतिभा

दोभान बजारमा निःशुल्क आँखा स्वास्थ्य शिविर : ५९ जनाको शल्यक्रिया 

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको दोभान बजारमा सञ्चालन गरिएको

मैवाखोला गाउँपालिकाको एकीकृत घुम्ती सेवा शिविर : दोस्रो दिन ८३८ ले लिए सेवा

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु

 मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

ताप्लेजुङ, वैशाख २२  गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला