मैवाखोलाका पहिरो प्रभावित बिद्यालयका बिद्यार्थीलाई सांसद थेबे र युवा संघका केन्द्रीय अध्यक्षबाट पोशाक प्रदान



ताप्लेजुङ । प्रतिनिधिसभाका सांसद उर्मिला थेबे तथा युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेको सहयोगमा ताप्लेजुङको मैवाखोला गाउँपालिकाको मङगलादेवी आधारभूत विद्यालयका ६४ छात्रछात्रालाई विद्यालय पोसाक (ट्रयाक सुट) प्रदान गरिएको छ ।

क्षितिज सांसद थेबेका सुपुत्र हुनुहुन्छ । गत असार पहिलो साता आएको बाढीबाट प्रभावित मैवाखोला गाउँपालिका वडा नं. ४ ओदक क्षेत्रका अधिकाँस बिद्यार्थी अध्ययन गर्ने सो बिद्यालयका बिद्यार्थीलाई विद्यालय पोसाक प्रदान भएको हो । पालिका अध्यक्ष बिजयप्रकाश वनेम, मैवाखोला गाउँपालिका वडा नं. ३ का पूर्व वडाध्यक्ष थर्ककुमार चोङवाङ (दिवस), राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष मनोज चोङवाङ सहितको उपस्थितिमा बिद्यालय पोशाक प्रदान भएको हो ।

गत असार २ गते आएको बाढी पहिरोको कारण मैवाखोला गाउँपालिकाका विस्थापित ६५ घरपरिवार हाल मैवाखोला–३ स्थित निर्माणाधीन मदन भन्डारी रंगशालामा निर्माण गरिएको अस्थायी आवासमा बसोबास गरिरहेका छन् । बिस्थापित परिवारलाई गाउँपालिकाले विभिन्न दाता समेतको सहयोगमा अस्थायी एकीकृत आवास गृहमार्फत व्यवस्थापन गरेको छ ।

सांसद थेबे र युवा संघका केन्द्रीय अध्यक्ष क्षितिजलाई नेकपा एमालेको मैवाखोला गाउँपालिका कमिटीले बिद्यार्थीलाई सहयोग गर्ने बारे ध्यानाकर्षण गराएको थियो । एमाले मैवाखोला गाउँपालिका कमिटी सचिव रुपेन्द्र वनेमले आफुहरुले गरेको आग्रह अनुसार सहयोग प्राप्त भएकोमा सहयोगी मनहरुप्रति आभार व्यक्त गर्नु भएको छ ।

पोशाक बितरण कार्यक्रममा उपस्थित मंगलादेवी आविकाका प्रधानाध्यापक तेन्जी शेर्पा,स्थानीय लाक्पा शेर्पा सहितका अविभावकहरुले सहयोगप्रति आभार व्यक्त गर्नु भएको छ । eujyalopost.com

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार ००:४९

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो

प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सञ्चालन गर्दै सिदिङबा गाउँपालिका

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रथम तीन दिने सिदिङ्वा धाम