मैवाखोलाका पहिरो प्रभावित बिद्यालयका बिद्यार्थीलाई सांसद थेबे र युवा संघका केन्द्रीय अध्यक्षबाट पोशाक प्रदान



ताप्लेजुङ । प्रतिनिधिसभाका सांसद उर्मिला थेबे तथा युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेको सहयोगमा ताप्लेजुङको मैवाखोला गाउँपालिकाको मङगलादेवी आधारभूत विद्यालयका ६४ छात्रछात्रालाई विद्यालय पोसाक (ट्रयाक सुट) प्रदान गरिएको छ ।

क्षितिज सांसद थेबेका सुपुत्र हुनुहुन्छ । गत असार पहिलो साता आएको बाढीबाट प्रभावित मैवाखोला गाउँपालिका वडा नं. ४ ओदक क्षेत्रका अधिकाँस बिद्यार्थी अध्ययन गर्ने सो बिद्यालयका बिद्यार्थीलाई विद्यालय पोसाक प्रदान भएको हो । पालिका अध्यक्ष बिजयप्रकाश वनेम, मैवाखोला गाउँपालिका वडा नं. ३ का पूर्व वडाध्यक्ष थर्ककुमार चोङवाङ (दिवस), राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष मनोज चोङवाङ सहितको उपस्थितिमा बिद्यालय पोशाक प्रदान भएको हो ।

गत असार २ गते आएको बाढी पहिरोको कारण मैवाखोला गाउँपालिकाका विस्थापित ६५ घरपरिवार हाल मैवाखोला–३ स्थित निर्माणाधीन मदन भन्डारी रंगशालामा निर्माण गरिएको अस्थायी आवासमा बसोबास गरिरहेका छन् । बिस्थापित परिवारलाई गाउँपालिकाले विभिन्न दाता समेतको सहयोगमा अस्थायी एकीकृत आवास गृहमार्फत व्यवस्थापन गरेको छ ।

सांसद थेबे र युवा संघका केन्द्रीय अध्यक्ष क्षितिजलाई नेकपा एमालेको मैवाखोला गाउँपालिका कमिटीले बिद्यार्थीलाई सहयोग गर्ने बारे ध्यानाकर्षण गराएको थियो । एमाले मैवाखोला गाउँपालिका कमिटी सचिव रुपेन्द्र वनेमले आफुहरुले गरेको आग्रह अनुसार सहयोग प्राप्त भएकोमा सहयोगी मनहरुप्रति आभार व्यक्त गर्नु भएको छ ।

पोशाक बितरण कार्यक्रममा उपस्थित मंगलादेवी आविकाका प्रधानाध्यापक तेन्जी शेर्पा,स्थानीय लाक्पा शेर्पा सहितका अविभावकहरुले सहयोगप्रति आभार व्यक्त गर्नु भएको छ । eujyalopost.com

प्रकाशित मिति : 12:49 am

ताप्लेजुङ गोल्डकप : सातदोबाटो र डिफेन्डिङ च्याम्पियन सलहेशको भिडन्त

ताप्लेजुङ, भदौ १४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर सेमिफाइनलमा

ताप्लेजुङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : चित्लाङ र पाँचथरबीच प्रतिस्पर्धा हुँदै

ताप्लेजुङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उद्घाटन खेलमा आयोजक र भारतबीच प्रतिष्पर्धा हुने

ताप्लेजुङ, भदौ १२ गते । शुक्रबारबाट सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण

भोटेकोशी नदीमा ताप्लेजुङका पाँच जना बेपत्ता 

ताप्लेजुङ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान