आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना



काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार ०२:५२

ताप्लेजुङमा मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन

ताप्लेजुङ । मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरिएको छ । ताप्लेजुङमा

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ८ टोली सहभागी हुने, पुरस्कार राशि वृद्धि

ताप्लेजुङ । आगामी साउन २४ गतेबाट सञ्चालन हुने तेस्रो संस्करणको

ताप्लेजुङमा हजार बढी सवारी साधन कारबाहीमा पर्दा आठ लाख राजश्व सङ्कलन

ताप्लेजुङ। ताप्लेजुङमा एक वर्षको अवधिमा एक हजार बढी सवारी साधन

फुङलिङ ८ का बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ८ मा बालबालिका र ज्येष्ठ

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजस्व सङ्कलन

ताप्लेजुङ । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजस्व सङ्कलन गरेको