सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३० हजार कायम



सुनको भाउमा शुक्रबार पनि नयाँ रेकर्ड कायम भएको छ। शुक्रबार सुनको भाउ एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो। शुक्रबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५२५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ५१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दो क्रममा यसले गर्दा नेपालमा पनि सुनको भाउ बढ्दै गएको हो।

प्रकाशित मिति : 6:22 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन