ताप्लेजुङको खेलकुद क्षेत्रलाई एकीकृत र व्यवस्थित गर्न साझा धारणा बनाइने



ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालन गरिने खेलकुदलाई एकीकृत र व्यवस्थित गर्न साझा धारणा बनाइने भएको छ । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले खेलकुदका विभागीय प्रमुख हरूलाई भेला गराई यस सम्बन्धी कार्ययोजना बनाउने निर्णय भएको हो । 

संयुक्त काय योजना बनाउने जिम्मा जिल्ला खेलकुद विकास समितिले लिएको छ । खेलकुद समितिले बनाएको योजना स्थानीय तहका प्रमुखहरूको भेलामा छलफल गराइने छ । स्थानीय तहले खेलकुदको क्षेत्रमा थामिनसक्नु खर्च गुनासो बढीरहेको वेला समितिले संयुत योजना बनाउन पहल गरेको हो । 

आजको छलफलमा जिल्ला फुटबल संघ, जिल्ला भलिबल संघ, सितोरियो कराँते संघ, तेक्वादो संघ, ब्याडमिन्टन संघ, बुद्धिचाल संघ, कबड्डी संघ, टेबलटेनिस संघ र एथलेटिक्स संघका प्रतिनिधिहरू सहभागी भएका थिए ।

प्रकाशित मिति : 1:50 pm

१२ बोरे बन्दुकसहित युवक पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङमा १२ बोरे बन्दुकसहित एक

उन्टर तोडफोड गरी नगद चोरी गर्ने व्यक्ति पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडास्थित बसपार्कमा

आठराई त्रिवेणीमा सम्पन्न निःशुल्क दन्त शिविरबाट दुई सय ५६ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सम्पन्न

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली लागू

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङ्लिङ बजारमा चारपाङ्ग्रे सवारीसाधनका

ताप्लेजुङमा सहुलियत दरमा चामल बिक्री सुरु

ताप्लेजुङ, साउन २९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी