मेरिङदेनको सान्थाक्रामा फाल्गुनन्दको सालिक उद्घाटन हुने



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रा बाकुलेमा  किराँत धर्मका महागुरु एवम् नेपालका १६ औ राष्ट्रिय विभूति फाल्गुनन्द  लिङदेनको सालिक उद्घाटन हुने भएको छ । 

किराँत मुजोत्लुङ युमा माङहिम समितिले निर्माण गरेको सालिक यही चैत्र २२ गते किराँत धर्म गुरु मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द ‘सेईङ’ तथा मुहिङ्गुम ओङसिमाङमा साँवा पवित्राहाङमा लिङदेनको उपस्थितमा उद्घाटन हुने किराँत मुजोत्लुङ युमा माङहिम समिति अध्यक्ष रुपा साँवा श्रेङले बताउनु भयो । उनका अनुसार आठ फुट आठ इन्चको पाँच हजार क्विन्टलको फाल्गुनन्द लिङदेनको सालिक माङसेबुङमा बनाएर सान्थाक्रा ल्याई सकिएको छ ।

सालिक उद्घाटन मूल समिति सचिव सुजता लाबुङका अनुसार चैत्र १७ गते तमोर त्रिवेणीमा साक्मुरा गाली श्राप बगाउने, चैत्र २० गते बिहान लाम्घुङ लाघुङ सेमी सेवा मूल समारोह कार्यक्रम तयारी, चैत्र २१ गते सम्पूर्ण किराँत धर्मावलम्बी तथा किराँत धर्ममा आस्था राख्ने महानुभावहरूको उपस्थित, चैत्र २२ गते सालिक उद्घाटन र चैत्र २३ गते उपस्थित महानुभावहरूको बिदाई गरिनेछ ।

किराँत धर्मावलम्बी एवम् किराँत धर्ममाथि आस्था राख्ने सबैलाई कार्यक्रममा उपस्थित भई प्रसाद ग्रहण गर्न आयोजकले अनुरोध समेत गरेको छ । समिति अध्यक्ष रुपा साँवा श्रेङले सालिक र माङहिम विभिन्न संस्था तथा व्यक्तिको साथ सहयोगले बनाउन सफल भएको र यसलाई अझ व्यवस्थित बनाउन समेत थप रकमको आवश्यकता परेकोले आर्थिक सहयोग गर्न समेत आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति : 4:56 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन