आज यी क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं । उपत्यकासहित बागमती र कोशी प्रदेशका पहाडी भेगमा हल्का पानी परेको छ ।

दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद प्रतिभा मानन्धरका अनुसार ठूलो पानी पर्ने सम्भावना भने छैन ।

आज होली मनाइने तराई मधेशका जिल्लामा दिउँसो केहीबेर छिटपुट मात्रै पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । देशका पूर्वी र मध्य भेगमा राति पनि हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय प्रणाली समेत सक्रिय हुँदा बदली र वर्षा भएको हो ।

प्रकाशित मिति : 1:10 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन