लिलाराज काम्वाङको ‘छुट्ने बेला’ (म्युजिकल फिल्म) लोकार्पण 



पाँचथरको याङवरक गाउँपालिका थर्पुमा जन्म भै बेलायत बसोबास गर्दै आउनु भएका सर्जक लिलाराज काम्वाङ द्वारा निर्मित म्युजिकल फिल्म ‘छुट्ने बेलाू’ एक भव्य समारोहका विच लोकार्पण भयेको छ । 

लोकप्रिय गायक तथा महागुरुका उपमाले चिनिएका अग्रज गायक तथा संगीतकार दिप श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम राइजिङ मल दरवार मार्गमा उक्त २५ मिनेट लामो म्युजिकल फिल्म देखाएर सम्पन्न भएको थियो ।

लाहुरेको जीवन र वियोगान्त कथामा आधारित २५ मिनेट लामो म्युजिकल फिल्मको अडियो तर्फ संगीतकार शंकर थापा स्माईल, एरेन्ज  कुशल सिं नियाल, मिक्समाष्टर किशोर थापा, गायकहरू साइराज खाती र मुना थताल छन भने गीतको शब्द रचना लिलाराज काम्बाङको रहेको छ ।

यसै गरि सम्राट अधिकारी र प्रतीक्षा लिम्बुको मुख्य अभिनयमा बनिएको म्युजिकल फिल्मको निर्देशन गणेश शाहीले गरेका छन । विशाल थापाको क्यामेरा, अविनाश मानन्धरको द्रोण तथा डिन्सन शाहले एडिट र कलरिङ गरेको यो सांगीतक फिल्मले नेपाली म्युजिक उद्योगमा नयाँ आयाम ल्याउने विश्वास चर्चित गायिका तथा कार्यक्रमका विशिष्ट अतिथि अन्जु पन्त र शिव परियारले आशा राखेका थिए । 

समीक्षकहरूले २५ मिनेटमा उत्कृष्ट कथावस्तुमा गीतलाई समेटेका निर्देशक गणेश शाही र नयाँ डेब्यु कलाकार प्रतीक्षा काम्बाङ लिम्बुको चर्चाका साथै उत्कृष्ट अडियोको लागि सङ्खर थापा स्माईल, लिलाराज काम्बाङ र गायकहरूको धेरै तारिफ गरेका थिए ।

उक्त भव्य कार्यक्रममा सर्जक कादम्बरी दाना श्रेष्ठ, डिपि अर्याल, मेघराज पोख्रेल, इन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठ, गायक कमल श्रेष्ठ लगायत दर्जनौँ कलाकारहरूको उपस्थिति भएको थियो ।

कार्यक्रममा निर्माता लिलाराज काम्बाङका दाजु धन कुमार काम्बाङ्ले कार्यक्रमको अध्यक्षता गरेका थिए भने झण्डै २०० ब्यक्तिले लोकार्पण कार्यक्रमको साक्षी बसेका थिए ।

म्युजिकल फिल्म

प्रकाशित मिति : 5:12 am

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण