मेरिङ्देन गाउँपालिकाद्वारा युनाइटेड हाइड्रोपावरको स्थलगत अवलोकन



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले  युनाइटेड हाइड्रोपावरको स्थलगत अवलोकन सहित अनुगमन  गरेको छ । गाउपालिका अध्यक्ष डम्बर हाङ्गाम, उपाध्यक्ष दुर्गा चोङ्बाङ, वडा अध्यक्ष बेद हाङ्गाम सहितको टोलीले स्थलगत अनुगमन गरेको हो । 

अनुगमनका क्रममा कार्य प्रगति सहित सामाजिक उत्तरदायित्व अन्तरगतका कामका विषयमा जानकारी लिएको छ । सामाजिक उत्तरदायित्व अन्तरगतका योजनाको अन्तिम  अनुगमन र भुक्तानीका लागि गाउँपालिकाको सिफारिसमा गर्न गाउपालिका अध्यक्षले आग्रह गर्नु भयो । 

आयोजनाको काम करिव ५५ प्रतिशत काम पूरा भएको आयोजनाका पब्लिक रिलेसन अफिसर आशिष केदेमले बताउनुभयो । उहाँका अनुसार आयोजनाको कुल ४ हजार ८ सय मिटरको सुरुङ मार्ग मध्ये अब ६ सय ५२ मिटर मात्रै जोडन बाँकी रहेको छ । 

आयोजना सम्पन्न गर्न समन्वयात्मक रुपमा सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । आयोजना आगामी आर्थिक वर्षको चैत्र मसान्त सम्ममा सक्ने गरी तयारी भइरहेको बताइएको छ । वातावरणीय प्रभाव मूल्यांकन अनुसार काम गर्न पालिकाले अनुरोध गरेको छ । 

आयोजनाबाट सामाजिक उत्तरदायित्व अन्तर्गत प्राप्त रकम ३ वटा वडा खाम्लुङ, लिङतेप र थुकिमामा लगानी गर्ने तयारी भइरहेको छ । ५ करोड २५ लाख रुपैयाँको प्रत्येक ३ वटा वडामा १ करोड ३८ लाखका दरले वडाले रकम प्राप्त गर्ने भएका छन् । 

प्रकाशित मिति : 4:59 am

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान