ताप्लेजुङमा फागुन महिनायता डढेलो र अन्य कारणबाट १६ घर जलेर नष्ट



ताप्लेजुङ। ताप्लेजुङमा फागुन महिनायता डढेलो र अन्य कारणबाट सोह्र वटा घर जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार सुख्खा मौसमसँगै वनमा लागेको डढेलो, भान्साकोठा र विद्युत सर्ट भएरजस्ता कारणबाट आगलागी भई उक्त सङ्ख्यामा घर जलेर नष्ट भएका हुन् ।

सुख्खा मौसमसँगै हिउँदभर वर्षा नभएकाले डढेलो र आलगालीका घटना वृद्धि भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार फागुनयता मङ्गलबारसम्ममा वनमा लागेको डढेलोको आगोले १२ वटा र अन्य कारणबाट सुरु भएको आगोले चारवटा घर जलेर नष्ट भएका छन् ।

वनमा लागेको डढेलोका कारण चैतको पहिलो साताको अवधिमा मात्र ११ वटा घर जलेर नष्ट भएको प्रहरीको तथ्याङ्क छ । यस्तै चैतमा एक घर अन्य कारणबाट सुरु भएको आगोले जलेको छ भने गएको फागुन महिनामा डढेलोले एक घर र अन्य भान्सा कोठा तथा विद्युत् सर्ट भएर सल्केको आगोले तीनवटा घर नष्ट भएको छ ।

यसरी डढेलो र अन्य कारणले सुरु भएको आगोले झण्डै डेढ दर्जन घर जलेर नस्ट भए पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले बताउनुभयो । उहाँका अनुसार घरसँगै नजिक रहेका पशुचौपापाका गोठ तथा ग्वालीहरु आगलागी भएका कारण केही पशुपन्छीहरु जलेका छन् । अधिकांस आगलागी घटनाका क्षतिको प्रारम्भिक विवरण आए पनि यथार्थ विवरण आइनसकेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी फागुनयता विभिन्न क्षेत्रमा गरी करिव दर्जन ठाउँका वनमा डढेलो लागेको छ । राष्ट्रिय तथा सामुदायिक वनहरुमा लागेको डढेलोका कारण रुख, बोट, बिरुवा तथा बहुमूल्य जडीबुटी र वनस्पतिमा क्षति पुगेको प्रहरीले जनाएको छ । त्यस्तै वन्यजन्तुलाई असर पुगेको छ भने सुस्म जीवहरु जलेर नष्ट भएका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले भने लामो खडेरीका कारण करिव चार दर्जनको हाराहारीमा विभिन्न क्षेत्रका वनमा डढेलो लागेको बताउनुभयो । उहाँले फागुनदेखि चैत महिनाको पहिलो हप्ता सम्ममा करिव आठ सयदेखि एक हजार हेक्टर क्षेत्रफल बराबरको वन जङ्गलमा डढेलो लागेको जानकारी दिनुभयो ।

पछिल्लो समय डढेलोका घटना वृद्धि हुने क्रम रहेकोमा मङ्गलबारदेखि पानी पर्न थालेकाले डढेलो नियन्त्रणमा सहयोग पुगेको उहाँको भनाइ छ ।गोरखापत्र अनलाइन

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार ०४:३३

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता