ताप्लेजुङका डिएसपी राजन लिम्बूको सरुवा



ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन लिम्बूको सरुवा भएको छ । गृहमन्त्रालयले डीएसपी लिम्बू सहित देशैभरका १ सय ४१ डिएसपीको सरुवा गरेको हो । 

बुधबार प्रहरी महानिरीक्षकको निर्णय अनुसार चैत महिनादेखिको तलब, भत्तासमेत हाल भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको जनाइएको छ । ताप्लेजुङबाट डीएसपी लिम्बूको सरुवा भएसँगै नयाँ डिएसपीको रुपमा रवि रावल आउने हुनु भएको छ । डीएसपी रावलको राष्ट्रिय सुरक्षा परिषद सचिवालय सिंहदरबार, काठमाडौँबाट ताप्लेजुङका लागि सरुवा भएको हो । 

ताप्लेजुङका डीएसपी लिम्बूको भने नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश अपराध समन्वय शाखा नक्साल काठमाडौँमा सरुवा भएको छ । यसअघि केही दिन अघिमात्रै प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको समेत सरुवा भएको छ । नयाँ प्रजिअको जिम्मेवारी सम्हाल्न रविन्द्र आचार्य ताप्लेजुङ आउँदै हुनुहुन्छ । 

प्रकाशित मिति : 2:24 am

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान