आज दिनभर झरी पर्ने



काठमाडौं उपत्यकासहित देशका मध्य तथा पूर्वी क्षेत्रमा वर्षा भएको छ । हिजोदेखि शुरु भएको झरी आज पनि कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशका केही ठाउँ तथा कोशी र मधेश प्रदेशका धेरै ठाउँमा हल्का वर्षा भैरहेको छ ।

दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद सञ्जिव अधिकारीले जानकारी दिनुभयो । भोलि र पर्सिको मौसम पनि यस्तै रहने उहाँको भनाइ छ । उहाँका अनुसार तीन दिनसम्म मौसम पूर्ण रुपमा सुधार हुने सम्भावना छैन ।

पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो । महाशाखाका अनुसार विशेषगरी कोशी, मधेस र बाग्मती प्रदेशमा वर्षा भएको छ । यस्तै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पनि पानी परेको छ ।

पानी परेपछि किसान खुशी भएका छन् । तराई र पहाडी क्षेत्रमा मकै लगाउने सिजन भएकाले अहिलेको वर्षाले राहत पुगेको छ । यस्तै गहुँ, तोरी, मुसुरो लगायतका हिउँदेबाली र तरकारी बालीमा पनि फाइदा गरेको छ ।

साथै वनजङ्गलमा लागेको डढेलो निभाउन पनि अहिलेको पानीले सहयोग पुर्‍याएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार ०२:०७

साढे तीन महिनापछि सुकेटार विमानस्थलमा शनिबारबाट उडान हुँदै

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान

मेरिङ्देन सडक खण्डमा बन्द गरिएको मालबाहक सवारी साधन सञ्चालनमा आयो

ताप्लेजुङ। गत चैत ६ गते देखि मेरिङ्देन सडक खण्डमा बन्द

आठराई त्रिवेणी गाउँपालिकाले दियो ज्येष्ठ नागरिकलाई दन्त उपहार

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले ५९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क

मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको

प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा हाङबाङ 

ताप्लेजुङ । प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा प्रजिन हाङबाङ