ताप्लेजुङमा गत वर्षको हिउँदयामको तुलनामा यो वर्ष करिब १० प्रतिशत मात्रै वर्षा



ताप्लेजुङ । ताप्लेजुङसहित पूर्वी पहाड तथा हिमाली जिल्लमा मङ्गलबार रातिदेखि वर्षा हुन थालेपछि किसानलाई राहत महसुस भएको छ । मकै बाली लगाउने समयमा वर्षा नभएपछि किसान चिन्तित थिए । लामो खडेरीका कारण समयमा मकै बाली लगाउन नपाएका किसानलाई वर्षा हुन थालेपछि राहत महसुस गरेका छन् । 

हिउँदभर वर्षा नहुँदा अधिकांश किसानले मकै बाली लगाउन पाएका थिएनन् भने मकै रोपेको ९छरेको० राम्ररी नउम्रेको र उम्रेको पनि सुक्न थालेको थियो । मङ्गलबारदेखि भने सामान्य वर्षा हुन थालेपछि मकै खेती लगायत हिउँदे बालीका लागि राहत मिलेको छ । 

ताप्लेजुङमा गत वर्षको हिउँदयामको तुलनामा यसवर्ष करिब १० प्रतिशत मात्रै वर्षा भएको छ । ताप्लेजुङमा गत पुष १६ गतेदेखि हालसम्म करिब ११.८ मात्रै वर्षा भएको छ । पछिल्लो २४ घण्टामा ८.५ मिलिमिटर वर्षा भएसँगै यस वर्षका जनवरीदेखि हालसम्म ११.८ मिलिमिटर वर्षा भएको हो । 

यस वर्षको जनवरीमा १ मिलिमिटर, फेब्रुअरीमा १.८ मिलिमिटर र मार्चको हालसम्ममा ९.५ मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागका कार्यालय प्रमुख डेभिट ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको फेब्रुअरीमा ३३.२ मिलिमिटर र मार्चमा ६८.५ मिलिमिटर वर्षा भएको छ । 

गत वर्षको फेब्रुअरीको तुलनामा यस वर्ष फेब्रुअरीमा करिब ५ प्रतिशत मात्रै वर्षा भएको छ । हिउँदयाम तथा सुक्खा मौसम सुरु भएसँगै यसवर्षको पहिलो पटक केही बढीमात्रामा वर्षा भएको हो ।

प्रकाशित मिति : 2:14 pm

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश