ताप्लेजुङका प्रजिअ पौडेलको सरुवा



ताप्लेजुङ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । करिब ५ महिनाअघि जिम्मेवारी सम्हाल्न ताप्लेजुङ आइपुग्नु भएकी प्रजिअ हिरादेवी पौडेलको सरुवा भएको हो । 

गृह मन्त्रालयको आज बसेको बैठकले ताप्लेजुङकी प्रजिअ पौडेल सहित ११ ओटा जिल्लाका प्रजिअको एक साथ सरुवा गरेको छ । प्रजिअ पौडेलको गृह मन्त्रालयमा सरुवा भएको छ भने उहाँको नयाँ प्रजिअको रुपमा रविन्द्र आचार्य ताप्लेजुङ आउँदै हुनुहुन्छ । 

सल्यान जिल्लाको सहायक प्रजिअको जिम्मेवारी सम्हाल्नु भएका आचार्य ताप्लेजुङ आउन लाग्नु भएको हो । ताप्लेजुङमा पौडेलले दोश्रो महिला प्रजिअको जिम्मेवारी निर्वाह गर्नू भएको छ । 

यसअघि गोमादेवी चेम्जोङ पहिलो महिला प्रजिअ बनेर ताप्लेजुङ आउनु भएको थियो । 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १४:०७

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट

नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने

ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका