आजपनि ओरालो लाग्यो सुनको भाउ



काठमाडौं । आइतबार तोलामा ४ सय रुपैयाँ घटेको सुन सोमबार थप ५ सय रुपैयाँ घटेको छ । आइतबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा सोमबार १ लाख २४ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

उच्च रेकर्ड बनाएपछि सुनको मूल्य क्रमिक रुपमा ओरालो लागेको छ । ७ दिनमा तोलामा १५ सय रुपैयाँले मूल्य घटेको छ । गत सोमबार र मंगलबार तोलाको १ लाख २६ हजार रुपैयाँमा कारोबार भई हालसम्मकै उच्च मूल्य रेकर्ड बनेको थियो । त्यसयता मूल्य क्रमिक रुपमा झरेको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । महासंघका अनुसार अघिल्लो दिन तोलाको १५३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५२० रुपैयाँमा कायम भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार ०५:३२

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ