एकैदिन साढे आठ सय ठाउँमा डढेलो, जोखिम अझै बढ्दै



काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशका आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको छ । शुक्रवार राति साढे आठ बजेदेखि गएराति साढे ८ बजेसम्मको चौबीस घण्टाको स्याटलाइट तस्बिर अनुगमनबाट आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको वन डढेलोको अनुगमन गर्दै आएको संस्था नेपाल फरेस्ट फायर म्यानेजमेन्ट च्याप्टर एन.एफ.एम.सी. ले जनाएको छ ।

५९ वटा जिल्लाका विभिन्न ठाउँमा डढेलो लागेकोमा सबैभन्दा धेरै उदयपुरका ६५ ठाउँमा डढेलो लागेको छ । यस्तै ताप्लेजुङको ६०, सप्तरीमा ५९, तेह्रथुममा ४४, काभ्रेका ३८ र भोजपुर तथा धनुषाका ३५–३५ ठाउँमा डढेलो पहिचान भएको छ । यसअघि बिहीवारदेखि शुक्रवार बेलुकासम्मको चौबीस घण्टामा देशमा आठ सय १३ ठाउँमा डढेलो पहिचान भएको थियो ।

यस्तै बुधवारदेखि बिहीवारसम्मको चौबीस घण्टामा चार सय ८ ठाउँमा डढेलो देखिएको थियो । यसरी केही दिनदेखि वन डढेलो बढिरहेको पाइएको छ । नेपालमा वन डढेलोका घटना बढ्ने क्रम पछिल्ला केही वर्षदेखि नै बढिरहेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा वन डढेलोका घटना तेब्बरले बढेका छन् ।

वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । जसबाट वर्षको दुई अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने अनुमान छ । नेपालमा हुने डढेलोका घटनामध्ये ८० प्रतिशतभन्दा धेरै मध्य फागुनदेखि मध्य वैशाखसम्म हुने गरेका विभागले जनाएको छ ।

लामो खडेरी, उच्च गतिको हावाहुरी र धेरै गर्मीका कारण यो अवधिमा डढेलोको उच्च जोखिम हुने डढेलोविज्ञ सुन्दर शर्मा बताउनुहुन्छ । डढेलोविज्ञ शर्माका अनुसार डढेलो मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गर्छ । नेपालमा हुने डढेलोका घटनामध्ये ९६ प्रतिशत मानवीय कारण र १ प्रतिशत प्राकृतिक कारण हुने गरेको छ ।

३ प्रतिशत डढेलोका कारण पहिचान हुन सक्दैन । धेरै ठाउँमा नयाँ पालुवा पलाउने लोभमा लगाइएको आगो जङ्गलमा फैलिन्छ । वनछेउमा खेती गर्नेले आगो बाल्दा पनि डढेलो फैलने गरेको छ । कतिपय ठाउँमा वन पैदावारको चोरी तस्करी गर्नेहरुले पनि वनमा आगो लगाउँछन् । यस्तै अरु लापरबाहीका कारण पनि डढेलो लाग्ने गरेको पाइन्छ ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि डढेलोका घटना बढेका छन् । अष्ट्रेलियाको मोनास विश्वविद्यालयले गरेको एक अध्ययनले जलवायु परिवर्तनका कारण इन्धन, अक्सिजन र आगोका स्रोतलाई मद्दत पुगिरहेको उल्लेख छ । नेपालमा गाउँबाट शहरमा बसाइँसराइ हुँदा खेतबारी बाँझिएको छ । सुक्खा मौसममा सुकेका पातपतिङ्गरमा आगो चाँडो सल्किने भएकाले पनि डढेलोको प्रकोप बढी हुने गरेको छ ।

यस वर्ष हिउँदमा कम पानी परेको कारण सुक्खा हुँदा डढेलोको जोखिम अझै बढेको विज्ञहरु बताउँछन् । डढेलोका कारण वनजङ्गल सहित कतिपय ठाउँमा डढेलो बस्तीमा पसेर मानवीय क्षति समेत हुने गरेको छ । प्राधिकरणको तथ्याङ्क अनुसार २०७० सालपछिको एक दशकमा नेपालमा डढेलोका कारण ७ सय ६९ जनाको ज्यान गएको छ भने २ हजार ५ सय ६८ जना घाइते भएका छन् । यस्तै २२ अर्ब २३ करोड रुपैयाँ भन्दा धेरैको क्षति भएको छ ।

उज्यालो अन्लाईन

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ६ : ३० बजे

ताप्लेजुङमा दुई चरणमा आईपिभि खोप प्रदान गरिँदै, साढे छ हजार बालबालिका लाभान्वित हुने

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । भोलिदेखि देशैभर सुरुहुने आईपिभि खोप

ताप्लेजुङबाट झापातर्फ प्रस्थान गरेको सवारी दुर्घटनामा एकको ज्यान गयो

पाँचथर – मेचीराजमार्ग अन्तर्गत हिलिहाङ ७ हेवाखोल नजिक शुक्रबार साँझ सवारी दुघर्टना

कोरोना भाइरसका कारण बन्द भएको टिपताला नाका पाँच वर्षपछि खुल्यो

ताप्लेजुङ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपताला

ताप्लेजुङको फुङलिङमा प्राकृतिक रुपमा उम्रिएका गाँजा नष्ट गरियो

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा प्राकृतिक रुपमा उम्रिएका

शान्ति आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई ट्रयाक सुट र झोला वितरण

ताप्लेजुङ । फुङलिङ नगरपालिका २ स्थित शान्ति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई