ताप्लेजुङमा चैत्र १० देखि ५औं बज्रगुरु मन्त्रजप हुने



ताप्लेजुङ । ताप्लेजुङमा आगामी चैत्र १० गतेदेखि बज्रगुरु मन्त्रजप कार्यक्रम हुने भएको छ । फुङलिङस्थित सुकेटार क्षेत्रमा चैत्र  १० गतेदेखि ३ दिनसम्म वृहत मन्त्रजप कार्यक्रमको तयारी भइरहेको छ । 

शनिबार नेपाल पत्रकार महासङ्घको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ बज्रगुरु मन्त्रजप कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको मूल आयोजक समितिका संयोजक तथा नेपाल बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष थुप्तेन जिग्डोलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुख लामा क्याब्जे दिल्गो खेन्चे याङसी रिन्पोछेको उपस्थितिमा मन्त्रजप कार्यक्रम हुने भएको हो । उहाँ पहिलो मन्त्रजप कार्यक्रममा समेत ताप्लेजुङ आउनु भएको थियो ।  

प्रमुख लामा सहित काठमाडौँबाट अन्य लामाहरूको समेत उपस्थिति रहने मूल आयोजक समितिका सदस्य सचिव पासाङ रिता शेर्पाले जानकारी दिनुभयो । आयोजकका अनुसार गत वर्ष समापनको दिनमात्र प्रमुख लामाको उपस्थिति रहेको थियो भने यस वर्ष उद्धघाटनदेखि अन्तिम दिनसम्म नै प्रमुख लामाको उपस्थिति रहने छ । चैत्र ८ गते नै प्रमुख लामा रिन्पोछे काठमाडौँबाट भद्रपुरसम्म हवाई यातायातका माध्यमबाट झापा आइपुग्नुहुनेछ । सो दिन प्रमुख लामाको बास इलामका लागि तय गरिएको र चैत्र ९ गते ताप्लेजुङ आइपुग्ने कार्यतालिका रहेको छ । 

गत वर्षको समापनको दिन करिब १५ हजारभन्दा बढी भक्तजनले मन्त्रजप कार्यक्रममा सहभागिता जनाएको थिए । यस वर्षको कार्यक्रममा ३ दिन नै प्रमुख लामाको उपस्थिति रहेकाले अझ भक्तजनहरूको संख्या बढ्ने पनि आयोजकको अनुमान रहेको छ । ३ दिने कार्यक्रममा आर्य–अवलोतिश्वोर, आर्य तारा, आर्य मञ्जुश्रीको मन्त्रको आगम, धर्म देशना तथा आयु अभिषेक सँगै प्रवचन कार्यक्रमहरू हुनेछन् । 

विश्व शान्ति र मानव एकताका लागि आयोजित मन्त्रजप कार्यक्रममा ताप्लेजुङ सहित पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, काठमाडौँ, सिन्धुपाल्चोक लगायतको जिल्लाबाट समेत भक्तजनको उपस्थिति रहने आयोजकले जनाएको छ । वि।सं। २०७३ सालमा सुरु भएको मन्त्रजप कार्यक्रम कोभिडका कारण ३ वर्षसम्म स्थगित भएको थियो । गत वर्षबाट पुन सुरु गरिएको मन्त्रजप कार्यक्रमले यसवर्ष पनि निरन्तरता पाएको हो । 

टिप्ताला नाका सञ्चालनमा आएको भए तिब्बत क्षेत्रबाट समेत भक्तजनको उपस्थिति हुने पनि आयोजकले बताएका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १२ : ५९ बजे

ताप्लेजुङ पर्यटन महोत्सव : ६ विधाको प्रतियोगिता हुने 

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । आगामी जेठ ३ गतेबाट सुरु

कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

कोशी प्रदेश । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा

संसद् अवरोधले नेपाली कांग्रेसलाई नै फाइदा नहुने योगेश भट्टराईको भनाई

नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद् अवरोध गरेर नेपाली कांग्रेसलाई

सुनको भाउ घट्यो

काठाडौं । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा

विराटनगर । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै