पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार बन्न नहुने यातायात व्यवसायी संघको भनाई



ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार बन्न नहुने यातायात व्यवसायी संघले जनाएको छ । आज पत्रकार सम्मेलन मार्फत एक विज्ञप्ति जारी गर्दै १३ वटा यातायात व्यवसायी संघले उक्त क्षेत्रमा केबलकार बन्न नहुने जनाएका हुन् । 

मेवा, हिमाल, मेची, सयपत्री, सुपर साइनो, पूर्वाञ्चल, आसीयाना, छिन्ताङ, सुनसरी, हातेमालो, पूर्वाञ्चल स्मार्ट, पाथीभरा यातायात सेवा र मेची सुपर यातायात प्रालिले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै एउटा निजी कम्पनीको लागि र सीमित व्यक्तिको स्वार्थपूर्ति गर्न राज्यले सम्पूर्ण शक्तिको परिचालन गरेर केबलकार बनाउने षड्यन्त्र प्रति गम्भीर आपत्ति गरेको जनाएका छन्  । 

मेची यातायात प्रालिका इन्चार्ज योगेश पालुङवा काइँलाले केबलकार खारेजी संघर्ष समितिको आन्दोलन प्रति आफूहरूको पनि ऐक्यवद्धता रहेको जनाए । यो ऐक्यबद्धता केवल विज्ञप्तिमा मात्रै सीमित नहुने चेतावनी उनीहरूले दिएका छन् । आफूहरूको व्यवसाय लाई प्रभाव पार्ने र स्थानीयको माग विपरित केबलकार गनाइए जस्तोसुकै संघर्ष गर्ने चेतावनी दिएका छन । केबलकार निर्माणले प्रत्यक्ष रुपमा यातायात क्षेत्रमा प्रभाव पर्ने उनीहरूको दावी छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १२:३९

साढे तीन महिनापछि सुकेटार विमानस्थलमा शनिबारबाट उडान हुँदै

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान

मेरिङ्देन सडक खण्डमा बन्द गरिएको मालबाहक सवारी साधन सञ्चालनमा आयो

ताप्लेजुङ। गत चैत ६ गते देखि मेरिङ्देन सडक खण्डमा बन्द

आठराई त्रिवेणी गाउँपालिकाले दियो ज्येष्ठ नागरिकलाई दन्त उपहार

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले ५९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क

मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको

प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा हाङबाङ 

ताप्लेजुङ । प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा प्रजिन हाङबाङ