पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार बन्न नहुने यातायात व्यवसायी संघको भनाई



ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार बन्न नहुने यातायात व्यवसायी संघले जनाएको छ । आज पत्रकार सम्मेलन मार्फत एक विज्ञप्ति जारी गर्दै १३ वटा यातायात व्यवसायी संघले उक्त क्षेत्रमा केबलकार बन्न नहुने जनाएका हुन् । 

मेवा, हिमाल, मेची, सयपत्री, सुपर साइनो, पूर्वाञ्चल, आसीयाना, छिन्ताङ, सुनसरी, हातेमालो, पूर्वाञ्चल स्मार्ट, पाथीभरा यातायात सेवा र मेची सुपर यातायात प्रालिले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै एउटा निजी कम्पनीको लागि र सीमित व्यक्तिको स्वार्थपूर्ति गर्न राज्यले सम्पूर्ण शक्तिको परिचालन गरेर केबलकार बनाउने षड्यन्त्र प्रति गम्भीर आपत्ति गरेको जनाएका छन्  । 

मेची यातायात प्रालिका इन्चार्ज योगेश पालुङवा काइँलाले केबलकार खारेजी संघर्ष समितिको आन्दोलन प्रति आफूहरूको पनि ऐक्यवद्धता रहेको जनाए । यो ऐक्यबद्धता केवल विज्ञप्तिमा मात्रै सीमित नहुने चेतावनी उनीहरूले दिएका छन् । आफूहरूको व्यवसाय लाई प्रभाव पार्ने र स्थानीयको माग विपरित केबलकार गनाइए जस्तोसुकै संघर्ष गर्ने चेतावनी दिएका छन । केबलकार निर्माणले प्रत्यक्ष रुपमा यातायात क्षेत्रमा प्रभाव पर्ने उनीहरूको दावी छ ।

प्रकाशित मिति : 12:39 pm

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान