पाथीभरा क्षेत्रमा पर्ने सातमुले पोखरीको संरक्षणका लागि धारा सहित वाल निर्माण



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित सातमुले पोखरी संरक्षणका लागि धारा सहितको वाल लगायतका संरचना निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिद्वारा पोखरीको संरक्षणका लागि १४ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । पाथीभरा क्षेत्रमा पर्ने उक्त पोखरीको संरक्षण गर्दै वातावरणीय पर्यावरण कायम राख्न र स्थानीय तथा धार्मिक पर्यटकलाई पानीको सुविधा प्रदान गर्ने उद्देश्यले क्षेत्र विकास समितिद्वारा बजेट विनियोजन भई कार्य सम्पन्न भएको हो । 

क्षेत्र विकास समितिको १४ लाख र स्थानीय श्रमदानको लागत समेत गरी कुल १७ लाख १ हजार ७२१ रुपैयाँको लगानीमा धारा सहित वाल लगाउने कार्य सम्पन्न भएको उपभोक्ता समितिका सचिव महेन्द्रकुमार भट्टराईले बताउनुभयो । धार्मिक रुपमा समेत महत्व बोकेको उक्त पोखरी हुँदै मयाम, लिङ्खिम लगायतका मानिस ओहोरदोहोर गर्ने गरेको उपभोक्ता समितिका अध्यक्ष सुरबहादुर भट्टराई खत्रीले बताउनुभयो । 

निर्माण सम्पन्न भए सँगै उक्त धारा सहितको वालको अनुगमन तथा निरीक्षण भएको छ । शुक्रबार जिल्ला समन्वय समितिका उपप्रमुख, पाथीभरा क्षेत्र विकास समितिका सदस्य तेजबहादुर खत्री, चेतराज घिमिरे, क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङ, फुङलिङ १० का वडाअध्यक्ष सन्तोष नुगो लगायतले उक्त योजनाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । 

पोखरीको थप संरक्षणका लागि अन्य संरचना निर्माणमा अन्य निकायले समेत ध्यान दिन आवश्यक देखिएको अनुगमन पश्चात जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण लिङ्खिम बताउनुभयो । क्षेत्र विकास समितिले सो क्षेत्रमा यसअघि पैदल मार्ग लगायतका संरचना निर्माणमा सहयोग गरेको छ । 

यसैबीच क्षेत्र विकास समितिले पाथीभरामा खानेपानीको व्यवस्थापनका लागि पहल गरिरहेको छ भने पैदलमार्गमा पर्ने शौचालय लगायतका संरचनाको मर्मतसम्भार गर्ने कार्य समेत गरिरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : 1:49 pm

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा