मैवाखोलाको फाकुम्बामा अस्थायी प्रहरीचौकी स्थापना



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको फाकुम्बामा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । मैवाखोला गाउँपालिका वडा ५ र ६ फाकुम्बाको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अस्थायी गरी प्रहरीचौकी स्थापना गरिएको हो ।

स्थापना गरिएको अस्थायी प्रहरीचौकीको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले शुक्रबार उद्घाटन गर्नुभएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बू, गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनसहितको उपस्थितिमा चौकी स्थापना गरिएको हो । 

उक्त प्रहरीचौकीको वरिष्ठ प्रहरी हवल्दारको नेतृत्व रहेको बताइएको छ । 

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार १३:४२

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो

प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सञ्चालन गर्दै सिदिङबा गाउँपालिका

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रथम तीन दिने सिदिङ्वा धाम