विदेशी मुद्रा र सिक्का सटहीमा समस्या



ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुलुङ) मा सङ्कलित विदेशी मुद्रा र सिक्का रकम सटहीमा समस्या भएको छ ।

भारतीय रुपियाँ ९भारु० बाहेक विदेशी मुद्रा चलनचल्तीमा नभएको र बैङ्कहरूले पनि लिन नमान्ने भएका कारण सटहीमा समस्या आएको हो । पाथीभरा दर्शनमा आउने भक्तजनले विदेशी मुद्रा र सिक्का चढाउने तथा दान गर्ने गर्छन् ।

हालसम्म सङ्कलन भएको विदेशी मुद्रा र भारती तथा नेपाली सिक्का रकम सटही ९कारोबार० मा समस्या रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले विदेशी मुद्रा साट्नलाई पहल गरिरहेको भए पनि हालसम्म सटही गर्न नसकिएको जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक हाङ्बाङका अनुसार मुद्रा साट्नका लागि विभिन्न बैङ्कहरूसँग समन्वय गर्दासमेत सम्भव भएको छैन । विदेशी मुद्रा र सिक्का सटही नभएपछि समितिले भण्डारण गरेर राखिराख्नु परेको उहाँले बताउनुभयो । भारतीय सिक्का हालसम्म सटही भएको छैन भने नेपाली सिक्का भने थोरै परिमाणमा कुनै व्यक्ति र डिपार्टमेन्ट स्टोर, भाटभाटेनीजस्ता व्यावसायिक निकायले साटेर लैजाने गरेका उहाँको भनाइ छ ।

समितिका अनुसार पाथीभरामा सङ्कलन भएको अमेरिकी डलरसहित विभिन्न ४६ देशको विदेशी मुद्रा रहेको छ । हालसम्म सङ्कलित विदेशी मुद्रामध्ये तीन हजार ९३३ अमेरिकी डलर रहेको छ । यस्तै, सबैभन्दा बढी दक्षिण कोरियाको आठ लाख ६० हजार मुद्रा रहेको छ । इन्डोनेसियाको १६ हजार, जापानको १४ हजार १२९, इरानको १० हजार, ओमनको नौ हजार ७४० मुद्रा रहेको छ ।

कतारको चार हजार ९२, साउदी अरबको एक हजार ७२५, भियतनामको दुई हजार ४०० मुद्रा रहेको छ । अन्य लिबिया, आइसल्याण्ड, जोर्डनलगायत देशका मुद्रा रहेको समितिले जनाएको छ । हालसम्म विदेशी मुद्रा सटहीका लागि गरिएको पहल सफल नभएपछि थन्क्याएर राख्नुपरेको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार विदेशी मुद्रा र सिक्का सफा गरी समितिले भण्डारण गरी राखेको छ । gorkhapatraonline.com

प्रकाशित मिति : 1:24 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा