पाथीभरा याङवरकमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न 



ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार सम्पन्न भएको छ ।  पालिकाको केन्द्र थेचम्बुस्थित पाथीभरा ब्याडमिन्टन हलमा गत फाल्गुन २७ गतेबाट सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

प्रतियोगिताको मिक्स डबल तर्फको उपाधि फुङ्लिङ नगरपालिकाका प्रेम मबो र भावना देवी केदेमले जितेका छन् । उनीहरूले पाथीभरा याङवरकका लासाङ तामाङ र शिव कुमार काम्बाङको टिमलाई हराएका हुन् । उक्त विधामा विजेता  तथा उपविजेताले क्रमश: ट्रफी मेडल र प्रमाण पत्रसहित नगद रु १५ हजार र १० हजार प्राप्त गरेकाछन् ।

मेन्स डबल  (४५ वर्ष माथि)को विधामा  गणेश बहादुर राई र  दीपक आङ्देम्वे पाँचथरको टोलीले जित हासिल गरेको छ । ताप्लेजुङका सन्तोष चोङवाङ र गजेन्द्र थलङको टिमलाई फाइनल खेलमा पराजित गर्दै उनीहरूले उपाधि कब्जा गरेका हुन् । उक्त खेलका विजेता र उपविजेताले क्रमशः ट्रफी, मेडल र प्रमाणसहित नगद रु २० हजार र १५ हजार प्राप्त गरे ।

मेन्स डबल स्थानीय तह तर्फको उपाधि अजय ईजम र लक्ष्य लिम्बूको पोल्टामा परेको  छ । फाइनलमा रितेश वि. क. र दिप्शन लिम्बूको टिमलाई पराजित गरेका उनीहरूले ट्रफि मेडल र प्रमाण पत्रसहित नगद  ५ हजार प्राप्त गरेका छन् । उप विजेता टोलीले ट्रफी मेडल र प्रमाण पत्रसहित नगद ३ हजार  रुपैयाँमा चित्त बुझायो । 

मेन्स डबल  जुनियर ‘बी’ तर्फको खेलमा भने फुङ्लिङका सोजित श्रेष्ठ र किशोर राईको टिमले मेरिङ्देन गाउँपालिकाका विकास तामाङ र  देउ प्रसाद लिम्बुको टिम विरुद्ध जित निकाल्यो । जित सँगै उक्त टोलीले ट्रफी, मेडल र प्रमाण पत्रसहित नगद रु १५ हजार पाउँदा दोस्रो हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु १० हजार प्राप्त गरेको छ ।

बुधवार नै सम्पन्न  सरकारी कर्मचारी डबल तर्फको विधामा पाथीभरा याङवरक गाउँपालिकाका शिव कुमार काम्वाङ र  केशव पौड्यालको टिमले  मिक्वाखोला गाउँपालिकाका गजेन्द्र थलङको टिमलाई हराउँदै च्याम्पियन बनेको छ । उक्त विधाको प्रतिस्पर्धामा प्रथम  र दोस्रोले क्रमश: ट्रफी मेडल र प्रमाण पत्रसहित नगद रु २० हजार र १५ हजार प्राप्त गरे ।

मेन्स डबल सिनियर तर्फको उपाधि भने तेह्रथुमका नवीन सिलवाल र विवेक कन्दङवाको  जोडीले हात पारेको छ । पाँचथरका दीपक आङदेम्बे र  दिवस संखरको जोडीलाई हराउँदै उपाधि जितेको हो  । उक्त  विधा तर्फ प्रथम र दोस्रो हुनेले क्रमश:  ट्रफी मेडल र प्रमाणपत्र सहित नगद रु ३० हजार र २० हजार प्राप्त गरे ।

प्रतियोगितामा विभिन्न विद्यालयका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको  थियो । प्रतियोगिताको समापन  समारोहमा गाउँपालिका प्रमुख केशर कुमार मेन्याङ्बो, उपाध्यक्ष रनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरे ,जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुरेश सिंघक  लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार ०१:०७

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता