ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सुरु



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सुरु भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोकमा मंगलबारदेखि विशेषज्ञ चिकित्सकको सहभागितामा तीन दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सुरु भएको हो ।

एक एक पाइला नामक संस्था र गाउँपालिकाको समन्वयमा स्वास्थ्य शिविर सुरु भएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार शिविरको पहिलो दिन उल्लेख्य सेवाग्राहीले सहभागिता जनाएका छन् ।

शिविरमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा जेनेरल मेडिसिन, छाला रोगसम्बन्धी सेवा, नाक, कान, घाँटी, दाँत रोग, स्त्री तथा प्रसूति, कलेजो, हाडजोर्नी, बाल रोगसम्बन्धी लगायतका उपचार सेवा प्रवाह गरिँदै आएको छ । यसैगरी प्याथालोजी, रेडियोलोजी, इन्डोसकोपी, सामान्य शल्यक्रियाजस्ता सेवाहरु प्रवाह गर्नेगरी शिविर सुरु भएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य शिविर बिहीबार सम्पन्न हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेले जानकारी दिनुभयो । फक्ताङ्लुङ गाउँपालिका जिल्लाकै दुर्गम तथा विकट भू–बनावट भएको स्थानीय तह हो । यसअघि वरिष्ठ नेत्ररोग विशेषज्ञ डा। सन्दुक रुइतको प्रत्यक्ष संलग्नतामा फक्ताङ्लुङ गाउँपालिकाले निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको थियो । eujyalopost.com

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार ०१:११

कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप : आज सेमिफाइनलको पहिलो खेल, सम्दु र गोधूली भिड्दै

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी दोश्रो अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजंघा (सेसेलुङ)

कञ्चनजंघा (सेसेलुङ) गोल्डकप : पाँचथरलाई हराउँदै झापा सेमिफाइनमा 

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । बिर्तामोड झापाको न्यु स्टार क्लब

कञ्चनजंघा (सेसेलुङ) गोल्डकप : आज अन्तिम क्वाटरफाइनल खेलमा झापा र पाँचथर भिड्दै

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा

कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका डंगोल विजयी

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्ण मान डंगोल

कञ्चनजंघा (सेसेलुङ) गोल्डकप : विदेशी टिमलाई पछि पर्दै गोधूली फुटबल क्लब सेमिफाइनलमा प्रवेश

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । गोधूली फुटबल क्लब ताप्लेजुङको फुङलिङमा