एक जना व्यापारी वा व्यक्तिको पक्षमा प्रहरी परिचालित हुँदैन : गृहमन्त्री




काठमाडौं । गृहमन्त्री रवि लामिछानेले देशको प्रहरी संयन्त्र कुनै एक जना व्यापारी वा व्यक्तिको पक्षमा परिचालित नहुने बताएका छन् । ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार परियोजनाको विरोध हुन थालेपछि सरकारले पाथीभराको फेदीमा सशस्त्र प्रहरीको क्याम्प राख्न लागेको छ । केबलकार बनाउने तयारीमा लागेका व्यवसायी चन्द्र ढकालको स्वार्थ पूरा गर्नका लागि त्यहाँ सशस्त्र क्याम्प राख्न लागिएको भन्दै स्थानीयबासी एवं पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् ।
यसै सन्दर्भमा मंगलबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पहिचान पक्षधरहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई भेटेर पाथीभरामा केबलकार नबनाउन र सशस्त्र क्याम्प नराख्न भनेका छन् ।

पहिचान पक्षधरहरुले चन्द्र ढकालका लागि सशस्त्र प्रहरी परिचालन हुन लागेको र त्यहाँ क्याम्प राखिएमा द्वन्द्व हुनसक्ने गृहमन्त्री लामिछानेलाई चेतावनी दिएका छन् । जवाफमा गृहमन्त्री लामिछानेले आफू मातहतको नेपाल प्रहरी र सशस्त्र प्रहरी कुनै व्यक्तिको पक्षमा परिचालित नहुने र आम जनताको पक्षमा मात्र परिचालित हुने बताएको भेटमा सहभागी नेता खगेन्द्र माखिमले बताए ।

माखिमले भने, ‘हामीले चन्द्र ढकालको पक्षमा सशस्त्र प्रहरी परिचालन भएमा द्वन्द्व हुन्छ भन्यौं, गृहमन्त्रीज्यूले कुनै व्यक्तिको पक्षमा प्रहरी परिचालन नहुने बताउनुभयो ।’गृहमन्त्रीलाई भेट्न पुगेको टोलीमा पहिचान पक्षधर नेताहरुको सहभागिता थियो ।कोशी प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधर नेताहरुले लामिछानेलाई आफ्नो ३ बुँदे माग प्रस्तुत गरेका छन् । उनीहरुले ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकारको योजना अघि नबढाउन माग गरेका छन् ।

पाथीभराको फेदीमा सरकारले सशस्त्र प्रहरीको क्याम्प राख्न लागेकोमा समेत पहिचानवादीले विरोध जनाएका छन् । गृहमन्त्री लामिछानेसँगको भेटमा आफूहरुले पाथीभराको नाम फेरेर मुक्कुमलुङ राखिनुपर्ने, लिम्बु संस्कृति र मुन्धुममाथिको अतिक्रमण रोकिनुपर्ने भेटमा बताएका थिए । गृहमन्त्री लामिछानेले आफूले भर्खरै ताप्लेजुङको भ्रमण गरेको फर्केको र त्यहाँको अवस्थाबारे जानकार रहेको भेटमा बताएका थिए । उनले सरकार भनेको निरन्तरतामा चल्ने बताउँदै त्यहाँ यसअघि सरकारले गरेको निर्णय के कस्तो अवस्थामा छ भन्नेबारे बुझ्ने आवश्वासन दिएको नेता माखिमले बताए । खबरहब

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १० : ०८ बजे

मेयर कप पुरुष भलिबलको उपाधि पाथीभरा याङवरकको पोल्टामा 

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ सालको अवसरमा सञ्चालन भएको

ताप्लेजुङ पर्यटन महोत्सव : खुल्ला पुरुष म्याराथन प्रतियोगितामा प्रथम भए होमलाल श्रेष्ठ

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को

ताप्लेजुङ पर्यटन महोत्सव : महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम भए सुनसरी रोकाय

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को

ताप्लेजुङ पर्यटन महोत्सव : फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख ४१ हजार नजिक

सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको