बौद्ध मार्गीहरूको चाडपर्वहरूको तिथि भ्रममा पारेको भन्दै जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण



ताप्लेजुङ । बौद्ध मार्गीहरूको महत्त्वपूर्ण चाडपर्वहरूको तिथि भ्रममा पारेको भन्दै नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ताप्लेजुङ र मातहतको भातृ सङ्घसंस्थाहरूले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरी प्रकाशन गर्ने पात्रोमा तिथिमा भ्रम पारेको भन्दै उक्त सङ्घसंस्थाहरूले आपत्ती जनाएका हुन् ।

यस वर्ष फागुन २८ गते सोमबार ग्याल्पो ल्होसार परेको भन्दै सरकारले सार्वजनिक बिदा दिएको छ । तर, शेर्पाहरूको महान् चाड २१५१औं ग्याल्पो ल्होसार भने गत माघ २७ गतेका दिन नै परेको भन्दै शेर्पा संघ जिल्ला कार्यसमिति ताप्लेजुङका अध्यक्ष पासाङ रिता शेर्पा सञ्चार समूह जिल्ला कार्यसमिति ताप्लेजुङका सचिव तेन्जीङ शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र ताप्लेजुङका अध्यक्ष मिडमा खाङ्डु शेर्पा र नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति ताप्लेजुङकी अध्यक्ष मिङ्मा दिकी शेर्पाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी हिरा देवी पौडेललाई बुझाएका हुन् । 

ध्यानाकर्षण पत्रमा यस वर्ष पनि शेर्पाहरूको महान् चाड २१५१औं ग्याल्पो ल्होसार गत माघ २७ गतेका दिनमा नै परेको भएता पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको पात्रोलाई आधार मानेर नेपाल सकारले फाल्गुण २८ गतेका दिनलाई ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा उल्लेख गरी समग्र हिमाली बौद्ध मार्गीहरूको चाड पर्वको तिथि नै भ्रममा पारिएको जनाइएको छ । 

उनीहरूले महायानी बौद्ध मार्गीहरूको सम्पूर्ण चाडपर्वहरू भोट चन्द्र पात्रो (दाथो) मा आधार गरी मान्ने, मनाउने भएकोले आगामी दिनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सोही पात्रोमा रहको तिथि, मिति अनुसार सार्वजनिक बिदा दिने व्यवस्था गर्न पनि माग गरेका छन् । 

साथै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वार्षिक रूपमा पात्रो तयार गर्दा बौद्ध मार्गीहरूको छाता सङ्गठन नेपाल बौद्ध महासङ्घलाई प्रतिनिधि मूलक सहभागी गराई समन्वय गराउन अनुरोध गरेका छन् । 

प्रकाशित मिति : 12:53 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा