पाथीभरा (मुकुलुङ)मा केबलकार निर्माण तत्काल अघि बढाउन राजनीतिक दलहरूको आग्रह



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुलुङ)मा केबलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनीतिक दलहरुले आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङको आह्वानमा संसद्मा प्रतिनिधित्व गर्ने जिल्लाका सबै राजनीतिक दलको बैठकले केबलकार निर्माणसम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै निर्माण सहजीकरण गर्दै अघि बढ्ने निर्णय गरेका हुन् ।

केबलकार कम्पनीले केबलकारको निर्माण कार्य तत्काल सुरु गर्ने र त्यसका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठक बसेको थियो ।

बैठकमा उपस्थित राजनीतिक दलहरुले आ–आफ्नो आधिकारिक धारणामार्फत केबलकार निर्माणमा सहजीकरण गर्ने सहमति गरेका हुन् ।

केबलकार जिल्लाको सर्वांगीण विकास, रोजगारी र पहिचानसँग जोडिएकाले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने दलका प्रतिनिधिहरुले बताएका छन् ।

आईएमई समूहको अगुवाइमा ताप्लेजुङको फुङ्लिङ ११, काफ्लेपाटीबाट पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माण गर्ने योजना छ ।

पाथीभरा पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्त्वको क्षेत्र हो ।ekantipur.com

प्रकाशित मिति : 12:52 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा