प्रथम सेसेलुङ (कञ्चनजंघा) गोल्डकपको बचत रकम १ लाख ९३ हजार बढि



ताप्लेजुङ । प्रथम सेसेलुङ (कञ्चनजंघा) गोल्डकपको आयव्याय सार्वजनिक गरिएको छ । चासोक तङनामको अवसरमा भानुजन माद्यमिक बिद्यालयको खेलमैदानमा गत पुष ४ गतेदेखि ११ सम्म सञ्चालित गोल्ड कपको आय तथा व्याय सार्वजनिक गरिएको हो ।

आयोजक संस्था कञ्चजनंघा फुङलिङ क्लब र ङा वोरक सङजुम्बो फुङलेङले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुदको आयव्याय सार्वजनिक गरिएको छ । क्लबका कोषाध्यक्ष कुलदिप मादेनका अनुसार विभिन्न संघसस्था तथा व्यक्तिबाट कुल ३५ लाख ५९ हजार १५ रुपैयाँ सहयोग प्राप्त भएको छ । प्राप्त रकममध्ये ३४ लाख १५ हजार १ सय ७० रुपैयाँ खर्च भएको कोषाध्यक्ष मादेनले जानकारी दिनुभयो ।

आयव्याय सार्वजनिक गर्दै प्रतियोगिताबाट १ लाख ९३ हजार ८ सय ४५ रुपैयाँ बचत भएको समेत क्लबले जनाएको छ । पर्वकै अवसरमा विभिन्न साँस्कृतिक नृत्यहरुको समेत प्रतियोगिता गराइएको थियो । ८ ओटा टीमको सहभागिता रहेको प्रतियोगिताको उपाधि चक्रघट्टी फुटबल क्लब सुनसरीले चुमेको थियो । सगरमाथा युथ क्लब मोरङलाई ट्राईबेकमा ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

विजेता टीमले ३ लाख २ हजार र उपविजेताले १ लाख ५१ हजार प्राप्त गरेका थिए । प्रथम संस्करणको प्रतियोगिता सम्पन्न भएसँगै दोश्रो संस्करणको प्रतियोगिता सञ्चालन गर्ने योजनामा समेत रहेको आयोजकको भनाइ छ ।

प्रकाशित मिति : 6:11 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा